रुसको आक्रोश- अमेरिकाले युक्रेनलाई उक्सायो, कडा कदम चाल्छौँ « Khabarhub

रुसको आक्रोश- अमेरिकाले युक्रेनलाई उक्सायो, कडा कदम चाल्छौँ


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धरत युक्रेनलाई उक्साएको आरोप लगाएको छ ।

अमेरिकाले रुसभित्र आक्रमण गर्न युक्रेनलाई लामो दूरीको सुपरसोनिक मिसाइल उपलब्ध गराउने तयारी गरिरहेको खबर आइरहेका बेला क्रेमलिनले आफ्नो भनाइ सार्वजनिक गरेको हो ।

युक्रेनले रुसभित्र लामो दूरीको मिसाइल आक्रमण गरेमा नराम्रो परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ ।

राष्ट्रपति बाइडेनले युक्रेनलाई रुसभित्र आक्रमण गर्न लामो दूरीको सुपरसोनिक मिसाइल अर्थात् ट्याक्टिकल मिसाइल प्रणाली प्रयोग गर्न अनुमति दिइसकेका छन् ।

समाचार अनुसार युक्रेनले यसअघि पनि एटीएसीएमएसको प्रयोग गर्दै आएको थियो। तर यो मिसाइलको प्रयोग सीमा क्षेत्रभित्र आत्मरक्षका लागि सीमित थियो ।
तर अब अमेरिकाले रुसभित्र पनि आक्रमणका लागि ट्याक्टिकल मिसाइल प्रणाली प्रयोग गर्न स्वीकृति दिएको छ । यसले रुस–युक्रेन युद्धमा व्यापक प्रभाव पार्न सक्ने विज्ञहरू बताउँछन् ।

एटीएसीएमएस सतहबाट सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल हो, जसले ३०० किलोमिटर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्छ ।

लामो दूरीको स्ट्राइक क्षमताका कारण यो मिसाइल युक्रेनका लागि गेम चेन्जर सावित हुन सक्छ । वास्तवमा यो मिसाइलबाट युक्रेनले रुसको सैन्य अड्डालाई निशाना बनाउन सक्ने छ।

अमेरिकाको यो निर्णयप्रति रुसले कडा असन्तुष्टि जनाएको छ । रुसी सरकारले जाने बेलामा अमेरिकाको बाइडेन सरकारले युद्ध भड्काउन खोज्नु स्वभाविक भएको बताएको छ ।

रुसी सरकारले भनेको छ, ‘राष्ट्रपति पुटिनले सेप्टेम्बरमै रुसविरुद्ध मिसाइलको प्रयोगले रुस र नाटोबीच युद्ध हुने स्पष्ट पारेका थिए । युक्रेनले लामो दूरीको मिसाइल प्रयोग गर्नुको अर्थ अमेरिका यस युद्धमा प्रत्यक्ष संलग्न भएको हो । यसपछि हामी आवश्यक र कडा कदम चाल्नेछौँ ।’

रुसले युक्रेनी मोर्चामा उत्तर कोरियाली सेना तैनाथ गरेको खबर आएका बेला अमेरिकाले युक्रेनलाई लामो दूरीको मिसाइल प्रयोग गर्न स्वीकृति दिएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ३० बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन