चितवन राइनोजले सार्वजनिक गर्‍यो एनपीएलको जर्सी | Khabarhub Khabarhub

चितवन राइनोजले सार्वजनिक गर्‍यो एनपीएलको जर्सी


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भरतपुर-चितवन राइनोजले नेपाल प्रियिमर लिग (एनपीएल) मा प्रयोग गर्ने जर्सी सार्वजनिक गरेको छ ।

मंगलबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले टिमको जर्सी सार्वजनिक गरिन् ।

उक्त अवसरमा उनले चितवन राइनोजको मस्कट र टिम एन्थम पनि सार्वजनिक गरेकी थिइन्। । मेयर दाहालले भरतपुर महानगरपालिका राष्ट्रिय खेलाडी उत्पादन गर्न लागि परेको बताइन् ।

उनले राष्ट्रिय खेलाडी उत्पादनको लागि महानगरपालिकाले विद्यालयस्तरीय लिग क्रिकेट, फुटबल लगायत खेलकूद गर्दै आएको बताइन् ।

उनले प्रिमियर लिगमा चितवन राइनोजको भूमिका सशक्त रहनेमा आफू विश्वस्त रहेको बताएकी छन् ।

चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले एनपीएलले स्थानीय क्रिकेट खेलाडीलाई अवसर प्रदान गरेको बताए । उनले यसबाट युवा खेलाडीको क्षमता बढाउन राम्रो अवसर मिलेको पनि बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो संस्करणको एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १ : २२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’