युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत होचस्टेन लेबनानमा « Khabarhub

युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत होचस्टेन लेबनानमा


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी विशेष दूत अमोस होचस्टेन अधिकारीहरूसँग युद्धविराम वार्ताका लागि मङ्गलबार लेबनान पुगेका छन् । हाल अमेरिका र फ्रान्सले इजरायल र हिजबोल्लाहबीच युद्धविरामको  नेतृत्व गरेका छन् जसको नेतृत्व गर्दै  होचस्टेन लेबनान पुगेका हुन् ।  

सन् २०२३ अक्टोबर–७ को आक्रमणबाट गाजामा युद्ध सुरु भए देखि प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा हिजबुल्लाहले गरेको आक्रमणामा करिव एक वर्षपछि, सेप्टेम्बर–२३ मा, इजरायलले सेना पठाउनु अघि लेबनानमा  हवाई आक्रमण भएको छ । 

लेबनानका एक अधिकारीले अमेरिकी युद्धविराम प्रस्तावको बारेमा सरकारको सकारात्मक दृष्टिकोण रहेको बताए भने अर्का अधिकारीले लेबनान उहाँसग निर्धारित बुँदामा समीक्षा गर्न होचस्टेनको आगमनको पर्खाइमा रहेको बताएका छन् ।  

लेबनान भ्रमणको जानकारी गराउँदै अमेरिकी विदेश मन्त्रालयका  प्रवक्ता म्याथ्यू मिलरले  वासिङ्टनले लेबनान र इजरायली सरकारहरूसँग निर्धारित प्रस्तावहरूमा समन्वय गरिरहेको बताएका छन् ।

मिलरले अमेरिकाले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव–१७०१ को ‘पूर्ण कार्यान्वयन’ को लागि दबाब दिइरहेको बताउँदै लेबनानी र राष्ट्रसङ्घीय सेना बाहेक सबै सेनाहरू इजरायलको सिमाना लेबनानबाट फिर्ता लिन आवश्यक रहेका बताए ।  

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने सम्झौता भए पनि इजरायलले उक्त समूहलाई पुनः निर्माण गर्नबाट रोकी हिजबुल्लाह विरुद्ध कारबाही गर्ने“ बताए।  

यस अघि एक लेबनानी अधिकारीले अमेरिकी दूत लिसा जोनसनले बिहीबार प्रधानमन्त्री नाजिब मिकातीहिजबुल्लाह–सहयोगी संसदीय अध्यक्ष नबीह बेरीसँग उक्त योजना बारे छलफल गरेको बताए ।

कुनै सहमति भएमा अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्ति जारी गने बताउँदै उनले ६० दिनको युद्धविराम पछि लेबनानले इजरायल नजिकैको दक्षिणी सीमा क्षेत्रमा सेना पुनः तैनाथ गर्ने बताए ।  

लेबनानी अधिकारीहरूले गत वर्षको अक्टोबरमा झडप सुरु भएदेखि यस क्षेत्रमा तीन हजार ५१० भन्दा बढी मानिसको मृत्यु भएको तथा सेप्टेम्बरको अन्त्यदेखि सबैभन्दा बढी मृत्यु भएको बताएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  २ : २१ बजे

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ