कांग्रेसले उपनिर्वाचन जितेर जनताको विश्वास बढाउनु पर्छ : नेता महर « Khabarhub

कांग्रेसले उपनिर्वाचन जितेर जनताको विश्वास बढाउनु पर्छ : नेता महर


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् शिक्षा विभाग प्रमुख नैनसिंह महरले उपनिर्वाचनमा जित्दै पार्टीले जनताको विश्वास आर्जन गर्नुपर्ने बताएका छन्।

पार्टीको सय दिने विशेष अभियानअन्तर्गत कांग्रेस जिल्ला कार्यसमिति इलामद्वारा आयोजित कार्यक्रममा महरले आमनिर्वाचनको दुई वर्षपछि यही मंसिर १६ मा हुने उपनिर्वाचन मिनी चुनाव भएको भन्दै कांग्रेसले आफूलाई सक्षम सावित गर्न जितको विकल्प नभएको बताए।

‘मंसिर ५ को उपनिर्वाचन मिनी चुनाव हो। आम निर्वाचन भएको ठीक दुई वर्षपछि उपनिर्वाचन हुँदैन । कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो। कांग्रेसले आफ्नो हैसियत राख्न जनताको विश्वास आर्जन गर्न जरुरी छ। त्यसका लागि पार्टी एकबद्ध भएर सक्रिय हुनुपर्छ। कोही कतै चुक्नु हुँदैन। हामी चुकेनौं भने जित सुनिश्चित छ,’ उनले भने।

पार्टीभित्रका विकृति हटाउने र आफैँ शक्तिशाली पार्टी बनेर एक्लै चुनाव लड्न वातावरण सिर्जना गर्ने उद्देश्यका साथ थालिएको सय दिने अभियानको बीचमा उपनिर्वाचन भइरहेको उनले बताए । उपनिर्वाचनको परिणामले सय दिने कार्यक्रम कति प्रभावशाली बन्न सफल भयो भन्ने झल्किने उनले बताए।

‘कांग्रेसबाहेक देशका पुराना राजनीतिक शक्ति सधैँ अस्थिरतामा रमाए। हाम्रो धेरै समय उनीहरूलाई समेट्दै देशमा स्थिरता कायम गर्नमै बित्यो। नयाँ राजनीतिक शक्तिको रूप उदय हुँदा नै उदांगो भइसकेको छ। हामीले उनीहरूका पात्र, प्रवृत्ति र चरित्र देखिसकेका छौँ,’ उनले भने, ‘अब कांग्रेसले जित्नुको विकल्प छैन। राजनीतिक स्थिरता कायममा ठूलो भूमिका खेलेको कांग्रेस अब जनताको विकास र समृद्धिको अभीष्ट पूरा गर्न केन्द्रीत हुनुपर्छ। र, हुन्छ।’

सरकार पनि आफ्नो प्रतिबद्धताप्रति जिम्मेवार हुनुपर्ने महरको भनाइ छ। ‘हिजो कांग्रेस एमाले गठबन्धन हुँदा सात बुँदे सहमति भएको थियो। सहमति अनुरूप कति काम भए–भएनन् ? बेला बखत त्यसको समीक्षा गर्दै सहमति अनुरूप पनि काम गर्दै अघि बढ्नुपर्छ। सत्ता सहयात्रा गर्दाको सहमतिको असर पार्टीलाई पर्नु हुँदैन,’ उनले भने।

संविधान संशोधनलगायत विषयमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ। ‘यसबीचमा अन्डर१९ विश्वकप क्रिकेट खेल्ने मौका मिलेको, बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सुरु गरिएको, चीनमा पहिलो पटक इलामको चिया निर्यात सुरु भएको छ। यी देश विकासका लागि राम्रा पक्ष हुन्। यस्ता जनताका पक्षमा हुने काम पनि सरकारले गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ३ : ४७ बजे

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि

काठमाडौं – विद्यादेवी भण्डारी नेकपा एमालेको ब्यानरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका

कमजोरी स्विकार्दै जनतामाझ जान उपाध्यक्ष पौडेलको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना

मदन–आश्रितले जनमुखी राजनीतिक संस्कार स्थापित गर्नुभयो : विद्यादेवी भण्डारी

काठमाडौं -पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले स्वर्गीय मदन भण्डारी र

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार

जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति

काठमाडौं– हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी