अर्थसंक्षेप : विदेशी मुद्राको सञ्चिति २२ खर्ब माथि, ५१ अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : विदेशी मुद्राको सञ्चिति २२ खर्ब माथि, ५१ अंकले घट्यो नेप्से


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा विदेशी मुद्राको सञ्चिति २२ खर्ब माथि पुगेको छ । वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्त मध्ये एक तिहाई घाटामा रहेको देखिएको छ ।

त्रैमासिक अवधिमा ४ खर्ब बढी रेमिट्यान्स भित्रिएको र चालु आर्थिक वर्षको असोज महिनामा उपभोक्ता मुद्रास्फीति ४।८२ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको तीन महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ ।

आजका प्रमुख समाचार :

वित्तीय विवरण सार्वजनिक गरेका ३३ मध्ये एकतिहाइ लघुवित्त घाटामा

सूचीकृत ५० मध्ये ३३ लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

वित्तीय विवरण सार्वजनिक गरेकामध्ये एकतिहाइ (११ वटा) लघुवित्त संस्था घाटामा छन् । केही संस्थाको प्रतिशेयर आम्दानीमै प्रभाव परेको देखिएको छ । ३३ मध्ये ११ वटा लघुवित्तले पहिलो त्रैमासमा घाटा ब्यहोर्नुपरेको हो ।
सार्वजनिक विवरण अनुसार गुराँस लघुवित्तको प्रतिशेयर आम्दानी सबैभन्दा बढी ३५।०९ रुपैयाँ छ । यस्तै, दोस्रोमा ग्लोबल आइएमई लघुवित्तको प्रतिशेयर आम्दानी २६।१६ रुपैयाँ छ ।

विदेशी मुद्राको सञ्चिति २२ खर्ब नाघ्यो, ४ खर्ब बढी रेमिट्यान्स भित्रियो

नेपालमा विदेशी मुद्राको सञ्चिति सवा २२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तथ्यांकअनुसार नेपालमा विदेशी मुद्राको सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको हो । २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति असोज मसान्तसम्म ९।४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा ७।५ प्रतिशतले वृद्धि भई १९८८ अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा २६।९ प्रतिशतले वृद्धि भई २४४ अर्ब २७ करोड कायम भएको छ ।

पर्यटकबाट हुने आम्दानी बढ्यो, शिक्षाको नाममा बाहिरियो ३२ अर्ब

चालु आर्थिक वर्षको तीन महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा ३।५ प्रतिशतले वृद्धि भएको हो ।

‘सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३।५ प्रतिशतले वृद्धि भई १७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब १३ करोड रहेको थियो’, राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

महँगियो उपभोक्ताको भान्सा, गेडागुडीको मूल्य मात्रै १० प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको असोज महिनामा उपभोक्ता मुद्रास्फीति ४।८२ प्रतिशत रहेको छ । भदौ महिनामा भने यस्तो मुद्रास्फीति ३।८५ प्रतिशत मात्रै रहेको थियो । भदौको तुलनामा असोजमा ०।९७ प्रतिशत बढेको हो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको असोज महिनाको तथ्यांकमा यस्तो देखाएको हो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७।१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३।४९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ८।४८ प्रतिशत र ६।८५ प्रतिशतले वृद्धि भएको थियो ।

विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने

जर्मनीले नेपाललाई एक करोड युरो ९करिब एक अर्ब ४६ करोड० अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा मंगलबार एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्ज र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय तथा सहयोग महाशाखाका सहसचिव धनीराम शर्माबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त अनुदान रकम नेपाल विद्युत् प्राधिकरणमार्फत विद्युत् वितरण सुदृढीकरण परियोजनामा खर्च हुनेछ । नेपालको विद्युत् वितरण संरचना सुदृढ गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग गरी भरपर्दो र प्रभावकारी विद्युत् आपूर्ति सुनिश्चित गर्नेगरी अनुदान रकम खर्च गरिने जनाइएको छ ।

३ महिनामा ५ अर्ब १५ करोड बराबरको शेयर नेप्सेमा सूचीकृत

चालु आर्थिक वर्षको ३ महिनामा ५ अर्ब १५ करोड रुपैयाँ बराबरको थप धितोपत्र नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

आर्थिक वर्ष २०८१र८२ को तीन महिनामा ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको बोनस शेयर, १ अर्ब ७२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ४७ लाख बराबरको एफपीओ गरी कुल ५ अर्ब १५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

२०८० असोज मसान्तमा १८६४।६२ रहेको नेप्से सूचकाङ्क २०८१ असोज मसान्तमा २७४२।८९ कायम भएको बैंकले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

चिसोका कारण बिजुली खपत बढ्दो, उत्पादन घट्दो

पछिल्ला केही दिनयता देशभर चिसो बढेसँगै बिजुलीको खपत बढ्न थालेको छ । गर्मीयाम सकिएर देशभर तापक्रम घट्न थालेसँगै विद्युतको लोड बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, पछिल्लो एक सातायता देशभर चिसोका कारण विद्युतीय उपकरणको प्रयोग बढ्नु र चाडपर्व सकिएसँगै उद्योग कलकारखाना खुल्दा बिजुलीको खपत बढेको हो ।

देशभरका नदीनाला र खोलाहरूमा पानीको बहाव घट्दा विद्युत् उत्पादनमा समेत कमी आएको प्राधिकरणले जनाएको छ । विद्युत् उत्पादन घटेका कारण पछिल्ला दिनमा बिजुलीको माग बढेकोप्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

उनका अनुसार चिसो कारण घरेलु ग्राहकले विद्युतीय उपकरण प्रयोग गर्ने, पानी तताउने, खाना पकाउने, मोटर चलाउने, हिटर बाल्नेलगायतका काममा बिजुलीको बढी प्रयोग हुन्छ ।

५१ अंकले घट्यो नेप्से, कारोबार १० अर्ब बढी

मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ५१।११ अंकले घटेको छ । आज नेप्से १।८५ प्रतिशतले घटेर २७०२।६५ विन्दुमा पुगेको छ ।
आज नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज १० अर्ब ४६ करोड ८३ लाख २० हजार रुपैयाँ बारबारको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर कारोबार भएको छ ।
आज २० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३१० वटा कम्पनी १ लाख ५ हजार ८२७ पटक किनबेच भएको छ ।

ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य संगठन ९एफएओ०का प्रतिनिधि केन शिमिजुबीच भेटवार्ता भएको छ ।

ऊर्जा मन्त्रालयमा आज भएको भेटमा जलवायु परिवर्तनसँगै बढ्दै गएको खाद्य तथा जल संकटका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले सन् १९७७ देखि एफएओले नेपालको दिगो कृषि विकास, खाद्य सुरक्षा वृद्धि र ग्रामीण समुदायको जीविकोपार्जनमा गरेको सहयोगको सराहना गरे।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ६ : ११ बजे

बिमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं – सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस

कांग्रेसको एक सय दिने विशेष अभियानको समयावधि थप

काठमाडौं – नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयावधि

बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । निकुञ्जभित्रको

भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान

लुम्बिनी – सिमावर्ती सहर भैरहवालाई सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली

सन् २०२४ मा स्पेन जाने क्रममा हजारौँ आप्रवासीको हताहत

म्याड्रिड– सन् २०२४ मा समुद्री मार्ग हुँदै स्पेन पुग्ने क्रममा