गाजामा इजरायली आक्रमण : एक लाख भन्दा बढी घाइते | Khabarhub Khabarhub

गाजामा इजरायली आक्रमण : एक लाख भन्दा बढी घाइते


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायली सेनाले गाजामाथिको आक्रमणलाई निरन्तरता दिएको छ। पछिल्लो आक्रमणमा १४ जनाको ज्यान गएको छ। यसरी ज्यान गुमाउनेमा बच्चा र अहली अरब अस्पतालका चिकित्सकसमेत छन्। बेइत हानोनमा राहत कार्यक्रम वितरणमा अवरोध नगर्न गरिएको बारम्बारको अनुरोधलाई समेत इजरायलले अस्वीकार गरेको आरोप संयुक्त राष्ट्र संघले लगाएको छ

हानोन, बेहत लाहिया र जाबालियामा ७० दिनदेखि इजरायलको पकड छ। प्यालेस्टाइनी अथुरिटीले पनि जेनिन शरणार्थी शिविरमा बारम्बार छापा मारेको छ। यसैगरी मगाय शरणार्थी शिविरमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ।

हिजबुल्लाहसँग युद्ध विराम भए पनि गाजामा युद्ध गरी रहेको इजरायलमाथि अहिले यमनमाथि समेत आक्रमण हुन थालेको छ, यमनबाट आएको एक मिसाइल निस्तेज मारिएको इजरायली सेनाले जनाएको छ। यमनको हाउथी समूहले ‘प्यालेस्टाइनी २’ नामक मिसाइल प्रहार गरेको जनाएको हो। हाउथीले इजरायलमा गाजामा आक्रमण जारी राखेका कारण सो आक्रमण गरेको बताएको छ।

यसैबीच अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केनले २० जनवरीमा नयाँ प्रशासनको उपस्थिति अगावै हमास र इजरायलको बिचमा युद्ध विराम भइसक्ने कुरामा विश्वास व्यक्त गरेका छन्।

यस युद्धमा इजरायलमा कम्तीमा ११३९ जना, गाजामा ४५०९७ जना तथा वेस्ट बैङ्कमा ८१५ जना मारिएको दाबी गरिएको छ। यसैगरी इजरायलमा कम्तीमा ८७३०, गाजामा १०७२२४ तथा वेस्ट बैङ्कमा कम्तीमा ६२५० जना घाइते भएका जनाइएको छ। भर्खरै कमल आदवान अस्पतालमा इजरायलले आक्रमण गरे पनि यसको विवरण आइसकेको छैन।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ८ : ५९ बजे

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ

सर्लाही – किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन

भारतद्वारा भानुआतुलाई ५ लाख डलर सहायता प्रदान

काठमाडौं – भारतले दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुराष्ट्र भानुआतुलाई ५

सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा

गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

काठमाडौं – गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका