महन्थ ठाकुरले थपे ८ जना केन्द्रीय सदस्य « Khabarhub

महन्थ ठाकुरले थपे ८ जना केन्द्रीय सदस्य


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महन्थ ठाकुर नेतृत्वको  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा ८ जना केन्द्रीय सदस्य थपिएको छ । अर्का वरिष्ठ नेता राजेन्द्र महतो पार्टीबाट बाहिरिएपछि अध्यक्ष ठाकुरले धमाधम नयाँ अनुहारलाई मनोनीत गरिरहेका छन् ।

जसअनुसार हालै थप ८ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेका हुन् ।

यसरी मनोनीत हुनेहरूमा सप्तरीका श्याम सरदार, सिराहका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेको जनाइएको छ ।

सो सँगै लोसपाको केन्द्रीय कमिटी ३ सय ५५ सदस्यीय पुगेको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १ : १७ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी