रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने « Khabarhub

रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने

निकोलश भुसालले सार्वजनिक गरेको प्रहरीको निष्कर्ष


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

पोखरा- सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा गत कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई साइबर अपराधसम्बन्धी मुद्दा चलाइने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले यसरी अनधिकृत रुपमा तस्बिर सार्वजनिक गर्नेलाई साइबर अपराधसम्बन्धी कानुनी प्रावधान गरिएको अभियोगमा मुद्दा चलाइने जनाएको हो ।

हिरासत कक्षमा लामिछाने सुतिरहेको तस्बिर सार्वजनिक भएपछि प्रहरीको आलोचना भइरहेको छ । यस्तोमा जिप्रका कास्कीका सूचना अधिकारी एवम् डीएसपी वसन्तकुमार शर्माले तस्बिर सार्वजनिक गर्नेलाई कारबाही थालिने बताएका हुन् ।

शर्माले सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नु पर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई उल्लंघन गरिएको जनाएका छन् ।

अनधिकृत रुपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने जोकोही व्यक्तिलाई कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने उनले बताएका छन्

‘नेपालको संविधान एवम् प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवम् प्रमाणमुखी अनुसन्धान गर्न प्रहरी प्रतिबद्ध छ ।’, उनले भनेका छन् ।

शर्माका अनुसार यो तस्बिर सबैभन्दा पहिले डा. निकोलश भुसाल नामको फेसबुक पेजबाट सार्वजनिक भएको हो ।

‘जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको अवस्थाको जस्तो अस्पष्ट देखिने तस्बिर केही दिनअगाडि सामाजिक सञ्जालमा हाल चालु रहेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकरात्मक प्रभाव पार्नेगरी फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यवसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको अनधिकृत तस्बिरप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, शर्माले भनेका छन् ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ३ : १० बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन