रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी | Khabarhub Khabarhub

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

मस्को– युक्रेनी ड्रोन र छिमेकी रुसी क्षेत्रमा क्षेप्यास्त्र आक्रमण हुँदा रुसी तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ ।

रूसको दक्षिणी रोस्तोभ क्षेत्रमा ‘शत्रुले ठूलो आक्रमण गरेको’ स्थानीय गभर्नर युरी स्ल्युसरले बिहीबार टेलिग्राममा उल्लेख गरेका छन् ।

उनले भने, ‘आक्रमण गरिएको रोस्तोभ क्षेत्रमा तीन दर्जनभन्दा बढी युएभी र तीन वटा क्षेप्यास्त्र तैनाथ गरिएको छ ।’

 आक्रमणपछि रुसी हवाई प्रतिरक्षा सेवा यस क्षेत्रका धेरै शहरहरूमा सक्रिय गरिएको छ ।

उनले भने, ‘अधिकांश हवाई लक्ष्यहरू निष्प्रभावी भए तापनि तेल प्रशोधन केन्द्रमा आगलागी भएको तर यसलाई रुसी अधिकारीले करिब एक घण्टापछि नियन्त्रणमा लिएका छन् । ‘

उनले रोस्तोभ नजिकैको एउटा गाउँमा ड्रोनका टुक्रा खस्दा एक जना घाइते भएको पनि बताएका छन् ।

रूसको रक्षा मन्त्रालयले बिहीबार भनेको छ, ‘किएभले विमानको प्रयोग गरेर आतंकवादी हमला गर्ने प्रयास गरेको थियो तर यो विफल भएको छ ।’

रुसको हवाई प्रतिरक्षा प्रणालीले रोस्तोभ क्षेत्रसहित देशभरका ८० भन्दा बढी ड्रोन नष्ट गरेको छ । रुसको सीमावर्ती क्षेत्रमा युक्रेनी आक्रमण हुने गरेको छ भने गत हप्ता रोस्तोभ र पश्चिमी ब्रायन्स्क क्षेत्रलाई लक्षित गरी दुई छुट्टाछुट्टै आक्रमण भएका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार वार्षिक पत्रकार सम्मेलन आयोजना गर्ने क्रममा पछिल्लो आक्रमण भएको हो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ४ : २३ बजे

कोप-३० मा नौ एजेण्डा प्रस्तुत गर्ने नेपालको तयारी

काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ

देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु

मध्यविन्दु (नवलपरासी)-: नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा

करेन्ट लागेर एक महिलाको मृत्यु

भद्रपुर (झापा)- बिर्तामोड नगरपालिका–१० फेसबुक चोकमा करेन्ट लागेर एक महिलाको

निश्चल र दीपकराजको बचाउमा उत्रियो प्रतिष्ठान, चरित्र हत्या गरिएको जिकिर

काठमाडौं- नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हालका दिनमा जेन–जी आन्दोलनमा

नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित तीन जनाको मृत्यु

भजनी (कैलाली)- कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवास्थित सातविघा नजिकै नहरमा