डीपी अर्यालको टिप्पणी : रवि लामिछानेको जीवनमा दुईवटा पाटा छन् « Khabarhub

डीपी अर्यालको टिप्पणी : रवि लामिछानेको जीवनमा दुईवटा पाटा छन्

भोलि सहकार्य गर्ने ठाउँ राख्न ठूला दललाई आग्रह


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले सभापति रवि लामिछानेको जीवनमा दुईवटा पाटा रहेको बताएका छन् ।

सभापति लामिछानेलाई भेट्न कास्की पुगेका उनले सञ्चारकर्मीहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले सभापति लामिछाने राजनीतिमा आएपछि खोट लगाउने कुनै ठाउँ नरहेको पनि बताएका छन् ।

‘हरेक कुरामा सिक्काको जस्तै दुईवटा पाटा हुन्छन् । हाम्रो सभापतिको जीवनमा राजनीतिको एउटा पाटो छ । त्यसअघि उहाँको अर्को पाटो थियो’, उनले भने, ‘रविजी राजनीतिमा आएपछि एउटा झिंगा मार्ने अपराधसम्म उहाँले गर्नु भएको छैन । रविजी राजनीतिमा आउनुभन्दा अगाडिको पाटोमा पनि अनुसन्धान गर्न पाइन्छ भनेकै छौँ । हामी प्रष्ट छौँ रविजीको राजनीतिक पाटो र राजनीतिभन्दा अगाडिको अर्को पाटो रहेको कुरामा ।’

अर्यालले रवि लामिछाने राजनीतिकमा आएपछि ठूला दलहरूले प्रतिशोध साँधिरहेको बताएका छन् । ‘रविजी राजनीतिमा आएपछि उहाँसँग प्रतिशोध साँध्ने काम भइरहेको छ । दुईवटा दल (नेपाली कांग्रेस र नेकपा एमाले) ले राजनीतिक प्रतिशोध साँधेका कुरामा अब कुनै शंका रहेन’, उनले भने, ‘रवि लामिछाने राजनीति गर्न आएका हुन् । न्यूरोडमा सुन किनेर, गहना किनेर बेपत्ता हुने जस्तो हराएर जाने होइन ।’

अर्यालले रविसँग भोलि पनि सहकार्य गर्नुपर्ने भएकाले यसतर्फ ख्याल राख्न ठूला दललाई आग्रह गरे ।

‘रवि लामिछानेसँग उहाँहरूले भोलि पनि सहकार्य गर्नुपर्छ । उहाँहरू अग्रज हो । पटक पटक देशमा परिवर्तनका लागि लडिरहेका अग्रजहरूले भोलिको बाटो पनि हेर्नुपर्छ’, उनले भने, ‘युवस्ताको आशा लिएर आएका हुन् रवि लामिछाने । युवा पुस्तालाई राजनीतिमा लगाउनुपर्छ भनेर रविले थालेको अभियानमा राजनीतिक प्रतिशोध साँधियो ।’

पूर्वश्रममन्त्रीसमेत रहेका अर्यालले रविमाथिको यो प्रतिशोधलाई नेपालीले मात्रै होइन, संसारले नै हेरिरहेका पनि दाबी गरेका छन् ।

बुधबार मात्रै रवि हिरासतमा सुतिरहेको सीसीटीभी फुटेजको तस्बिर भाइर भएको छ । डा. निकोलश भुसालले खिचेर भाइरल बनाएको उक्त तस्बिरलाई लिएर रास्वपाका नेता-कार्यकर्ता सरकारमाथि खनिएका छन् ।

उनीहरूले उक्त तस्बिर हेरेपछि सरकारले नियतवश रविलाई फसाउन लागेको भन्दै सामाजिक सञ्जालमा पनि चर्को विरोध गरिरहेका छन् ।

यता सरकारले उक्त प्रकरणमा छानबिन गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उक्त तस्बिर सार्वजनिक गर्नेलाई साइबर अपराधको मुद्दा चलाउने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ८ : ११ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा