एनआरटी क्लब झापा कपको सेमिफाइनलमा « Khabarhub

एनआरटी क्लब झापा कपको सेमिफाइनलमा


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

झापा – कप्तान अञ्जन विष्टको ह्याट्रिक गोलको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले आज सम्पन्न खेलमा चित्लाङ एफसी क्लबलाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको १३औँ मिनेटमा एनआरटीका लागि कप्तान अञ्जन विष्टले पहिलो गोल गरे । यस्तै खेलको ३६औँ मिनेटमा उनले नै पेनाल्टीमार्फत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई २–० को अवस्थामा पु¥याए । चित्लाङ एफसीका गौरव श्रेष्ठले अञ्जनलाई लडाएपछि एनआरटीले पेनाल्टी पाएको हो ।

यसैगरी खेलको ४२औँ मिनेटमा चित्लाङ एफसीले गोल फर्कायो । उसका लागि जनक कोइरालाले गोल गरेका थिए । खेलको ६५औँ मिनेटमा नेमारले एनआरटीका लागि तेस्रो गोल गरे । खेलको ६८औँ मिनेटमा शिशिर लेखीले एनआरटीका लागि चौथो गोल गरे ।

खेलको ८८औँ मिनेटमा पेनाल्टीमार्फत एनआरटीका लागि अञ्जनले ह्याट्रिक गोल गरेका थिए । जारी प्रतियोगितामा उनी ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

शुक्रबार पहिलो सेमिफाइनल खेल सिरहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच तथा अर्को सेमिफाइनल एनआरटी र इटहरीको राष्ट्रिय जागृति क्लबबीच हुनेछ । प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेल यही पुस ८ गते हुनेछ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ८ : ४८ बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई