‘पूर्णबहादुरको सारङ्गी’ : निर्माता र प्रकाशको फेसबुके जुहारी | Khabarhub Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’ : निर्माता र प्रकाशको फेसबुके जुहारी


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनमा आउन दुई साताभन्दा कम समय छ । प्रदर्शनको संघारमा फिल्मका केन्द्रीय पात्र मध्येका प्रकाश सपुत र निर्माण पक्षबीच खटपट बढ्दो छ ।

प्रकाश यस फिल्मका सर्वाधिक फेसभ्यालु भएका नायक हुन् । सोहीकारण पनि यो खटपटले चर्चा पाउनु स्वभाविकै हो ।

निर्माण पक्ष र प्रकाशको मनमुटाव ट्रेलर रिलिज कार्यक्रमबाट सतहमा आएको हो । फिल्मका सबै शीर्ष कलाकार र निर्माण टिमका प्रमुख सदस्य उपस्थित कार्यक्रममा प्रकाश चाहिँ अनुपस्थित रहे ।

यति मात्रै होइन, प्रकाशले फिल्म प्रचारमा असहयोग गरेजस्तो पनि देखिएको परिस्थिति थियो । अन्य प्रचारात्मक सामग्री त परको कुरा ! उनले आफूले निर्वाह गरेको चरित्र खुल्ने पोस्टर पनि फेसबुकमा सेयर गरेका छैनन् ।

यसबीच फिल्मको प्रमुख कार्यक्रम ट्रेलर रिलिजमै अनुपस्थित हुँदा प्रकाशको खोजी त हुने भयो नै ! त्यहीमाथि उनी अहिलका चल्तीका कलाकार परे ।

यसबारे निर्देशक सरोज पौडेलले भनेका थिए, ‘खै ! उहाँ फिल्म वसन्तको सुटिङमा व्यस्त हुनुहुन्छ होला ।’

‘फोन सम्पर्क पनि छैन ?’ भन्ने खबरहबको प्रश्नमा सरोजले जवाफ दिएनन् । ‘यो निर्मातासँगको कुरा हो’ भन्दै उनले जवाफका लागि निर्माता विनोद पौडेललाई माइक थमाए ।

निर्माता पौडेलले प्रकाशसँगको खटपटको विषयमा खुलेरै बोले । अनुबन्ध गर्दा भएको सहमतिबाट आफू पछि हट्नुपर्ने बाध्यताले प्रकाशले निर्माण टिमसँग दूरी बढाएको उनको दाबी थियो ।

पौडेलले भने, ‘फिल्ममा अनुबन्ध हुँदा उहाँको लेखन, निर्देशन र अभिनय रहने फिल्म वसन्तपछि पूर्णबहादुरको सारङ्गी प्रदर्शन ल्याउने सहमति भएको थियो । आर्थिक कारणले सो सम्भव भएन । उहाँसँग छलफल भयो । पूर्णबहादुरको सारङ्गी अघि प्रदर्शन गर्न उहाँले सहमति पनि जनाउनुभएको हो । बाँकी उहाँकै कुरा !’

यता प्रकाशको कुरा बुझ्दा पनि बेमेलको कारण प्रदर्शन मिति नै हो । प्रकाशले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले पूर्णबहादुरको सारङ्गीमा कुनै सर्त राखेको थिइनँ । मैले त उहाँहरूलाई आफ्नो समस्या राखेको थिएँ र सोच्ने समय दिएको थिएँ । … तर अचानक प्रदर्शन हुने भएपछि म सरप्राइज भएँ । मसँग लड्ने इनर्जी भएन ।’

प्रकाश र निर्माताको जुहारी

प्रकाशले वसन्तभन्दा पूर्णबहादुरको सारङ्गी पहिला प्रदर्शनमा आउँदा आफूलाई पर्ने व्यवसायिक जटिलताबारे अवगत गराएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘फिल्मका निर्माता, वितरक र सहकार्य गर्ने ब्राण्डहरूसँग परदेशी २ पछि वसन्त नै आउनेछ भन्ने सर्तमा सम्झौता गरेका छौं ।’

यही सर्तका कारण आफूले केही फिल्ममा काम गर्न असमर्थ र केही फिल्म पछिका लागि राखिएको समेत उनको दाबी छ ।

उनी लेख्छन्, ‘बीचमा थुप्रै निर्माता/निर्देशकहरूले चलचित्रमा काम गराउन चाहनुभएको छ । तर मलाई केही समय चाहिन्छ भनेपछि केहीले प्रोजेक्ट होल्ड गरेर पर्खिरहनुभएको छ । केहीले विकल्प खोज्नुभएको छ । म यतिबेला उहाँहरू सबैसँग लज्जित छु ।’

साथै उनले निर्माण टिमबाट आफ्नो सपना र इमानमाथि बेइमानी भएको कडा टिप्पणी नै गरेका छन् । उनले लेखेका छन्, ‘पर्दामा सपना, संघर्ष, इमानको कथा बनाएर बाहिर चाहिँ अरूको सपना, संघर्ष र इमानमाथि बेइमानी/बदनामी गर्नेसँग चाहिँ फेरि जोडिन नपरोस् ।’

प्रकाशले निर्माण पक्षललाई ‘बेइमानी’ भनेपछि निर्माता विनोद पौडेलले त्यसको खण्डन गरेका छन् । प्रदर्शन मितिमा हेरफेरको विषयमा उनले गल्ती स्वीकार गरिसकेको बताउँदै लेखेका छन्, ‘प्रदर्शन मिति तोक्नु अगाडि मिटिङ बसेरै सहमतिमा पोस्टर फ्याँकिएको हो । यो कुरालाई बेइमानी भनिन्छ भने हामी बेइमानी नै सही !’

पौडेलले आफूहरूको तर्फबाट बेइमानी र चरित्र हत्या नभएको दाबी गरेका छन् । प्रकाशले आगमी दिनमा नजोडिने आशय देखाएकोप्रति उनले लेखेका छन्, ‘हामीलाई बेइमानीको ट्याग लगाएर अब कहिले काम नगर्ने बाचा गरे पनि हजुरसँग चाहिँ हामी सदैव जोडिन पाइयोस् ।’

प्रकाश प्रचारमा सहभागी हुने

प्रकाशले अबको दिनमा शर्त–सम्झौताबाट माथि उठेर फिल्मको सकारात्मक प्रचारमा जुट्ने प्रतिबद्धता जनाएका छन् ।

यद्यपि छायाङ्करत फिल्म वसन्तको व्यस्तताले पूर्णबहादुरको सारङ्गीको प्रचारमा सहभागी हुन नपाएको उनको आशय छ ।

अहिले पूर्णबहादुरको टिम फिल्म प्रचारका लागि पूर्व यात्रामा छ । हिजोबाट निर्माण टिम मोफसल यात्रामा निस्किएको हो । जसमा प्रकाश सहभागी छैनन् ।

कात्तिक ९ गते प्रचारका लागि पोखरा पुग्ने योजनामा छ । स्रोत भन्छ, ‘उहाँ पोखरामा हुने प्रचार कार्यक्रममा सहभागी हुने कुरा छ ।’

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ४ : ३१ बजे

हिजबुल्लाहद्वारा आइतबार दिनभरमा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार

जेरूसेलम – लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा

विवाहको ६ वर्षपछि बुवा बने प्रिन्स

काठमाडौं- विभिन्न टेलिभिजन कार्यक्रमबाट लोकप्रियता कमाएका भारतीय मोडल तथा कलाकार

हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने

बागमती – हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले तिहारपछि सिमेन्ट उत्पादन

कक्षा १२ को मौका परीक्षामा अङ्ग्रेजीमा धेरै अनुत्तीर्ण

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको कक्षा १२

राष्ट्रिय भलिबल टोलीका कप्तान श्रेष्ठद्वारा खेलबाट सन्यास

काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले राष्ट्रिय