अदालतको आदेशपछि खुल्यो उपकुलपतिको कार्यकक्ष « Khabarhub

अदालतको आदेशपछि खुल्यो उपकुलपतिको कार्यकक्ष


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको धरान उपमहानगरपालिकामा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको छ । 

उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्न-नगराउन आदेश जारी गरेपछि उपकुलपतिको कार्यकक्षमा गरेको तालाबन्दी शुक्रबार खुलेको हो । उपकुलपतिको कार्यकक्षमा नगरप्रमुख साम्पाङले तालाबन्दी गरेपछि परेको रिटमाथि सुनवाइ गर्दै उच्च अदालतले कारण देखाऊसहित आदेश जारी गरेपछि ताला खुलेको हो ।

अदालतको आदेशपछि नगरप्रमुख साम्पाङले ताला खोल्न सचिवालयका कर्मचारी सुदर्शन लिम्बूलाई पठाएका थिए । रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका नगरप्रमुख साम्पाङसहित नौ विपक्षीका नाममा अदालतले अन्तरिम आदेशसहित कारण देखाऊ आदेश जारी गरेको हो ।

सञ्जीवकुमार साहद्वारा उत्प्रेषणयुक्त परमादेश माग गर्दै दायर रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरीसमेत नौ विपक्षीविरुद्ध उच्च अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १२ : ४९ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई