कोशी र बागमतीको सभामुख फिर्ता बोलाउन राप्रपाले कुनै निर्णय गरेको छैन : अध्यक्ष लिङदेन  « Khabarhub

कोशी र बागमतीको सभामुख फिर्ता बोलाउन राप्रपाले कुनै निर्णय गरेको छैन : अध्यक्ष लिङदेन 


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले तत्काल सभामुखहरू फिर्ता बोलाउने कुनै निर्णय नगरेको  बताएका छन् । 

कोशी प्रदेशको भ्रमणमा रहेका लिङदेनले शनिबार खबरहबसँग कुरा गर्दे तत्काल सरकारबाट आफ्ना सभामुख फिर्ता बोलाउन राप्रपाले कुनै निर्णय नगरेको बताएका हुन् । 

उनले भने, ‘हामीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छौँ । त्यो अगाडि बढ्छ । तर अहिले नै सभामुख फिर्ता बोलाउन पार्टीले कुनै निर्णय गर्दैन । विस्तारै छलफल हुन्छ ।’ 

प्रदेश सरकारको संरचनाप्रति नै असहमत रहेको राप्रपाले बागमती र कोशी प्रदेशमा सभामुख खाइरहेको छ । बागमतीमा एमालेसँगको गठबन्धन सरकार हुँदा नै सभामुख खाएको राप्रपाले कोशीमा २४ पुसमा कांग्रेस-माओवादी गठबन्धनसँग मिलेर सभामुख पद लिएको हो ।  

तर कोशीमा सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई सघाउने निर्णय गरेसँगै एमालेले पनि उक्त पदमा उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

राप्रपाबाट कोशीको सभामुखमा अम्बरबहादुर विष्ट र बागमतीमा भुवन पाठक छन् । गणतन्त्र र संघीयताविरुद्ध आन्दोलन गर्ने बताइरहेको राप्रपामा सोही संरचनाभित्र पदलोलुपता देखिन नहुने भन्दै पार्टीभित्रै कोशीमा भएको सभामुख नियुक्त निर्णयमा असहमति थियो ।  

सरकारमा जानेबारे राप्रपामा दुई धार देखिएको छ । केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा प्रकाश चन्द्र लोहनीलगायतका नेताहरू सरकारका जानु नहुने पक्षमा छन् ।  

कोशीमा सभामुख नियुक्त भएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका  अध्यक्ष राजेन्द्र लिङ्देन मलेसियामा थिए । यता सत्ता गठबन्धनले भने राप्रपा र अध्यक्ष लिङदेनले दोहोरो चरित्र देखाएको बताइरहेको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १ : ०९ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको