कोशी र बागमतीको सभामुख फिर्ता बोलाउन राप्रपाले कुनै निर्णय गरेको छैन : अध्यक्ष लिङदेन  « Khabarhub

कोशी र बागमतीको सभामुख फिर्ता बोलाउन राप्रपाले कुनै निर्णय गरेको छैन : अध्यक्ष लिङदेन 


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले तत्काल सभामुखहरू फिर्ता बोलाउने कुनै निर्णय नगरेको  बताएका छन् । 

कोशी प्रदेशको भ्रमणमा रहेका लिङदेनले शनिबार खबरहबसँग कुरा गर्दे तत्काल सरकारबाट आफ्ना सभामुख फिर्ता बोलाउन राप्रपाले कुनै निर्णय नगरेको बताएका हुन् । 

उनले भने, ‘हामीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छौँ । त्यो अगाडि बढ्छ । तर अहिले नै सभामुख फिर्ता बोलाउन पार्टीले कुनै निर्णय गर्दैन । विस्तारै छलफल हुन्छ ।’ 

प्रदेश सरकारको संरचनाप्रति नै असहमत रहेको राप्रपाले बागमती र कोशी प्रदेशमा सभामुख खाइरहेको छ । बागमतीमा एमालेसँगको गठबन्धन सरकार हुँदा नै सभामुख खाएको राप्रपाले कोशीमा २४ पुसमा कांग्रेस-माओवादी गठबन्धनसँग मिलेर सभामुख पद लिएको हो ।  

तर कोशीमा सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई सघाउने निर्णय गरेसँगै एमालेले पनि उक्त पदमा उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

राप्रपाबाट कोशीको सभामुखमा अम्बरबहादुर विष्ट र बागमतीमा भुवन पाठक छन् । गणतन्त्र र संघीयताविरुद्ध आन्दोलन गर्ने बताइरहेको राप्रपामा सोही संरचनाभित्र पदलोलुपता देखिन नहुने भन्दै पार्टीभित्रै कोशीमा भएको सभामुख नियुक्त निर्णयमा असहमति थियो ।  

सरकारमा जानेबारे राप्रपामा दुई धार देखिएको छ । केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा प्रकाश चन्द्र लोहनीलगायतका नेताहरू सरकारका जानु नहुने पक्षमा छन् ।  

कोशीमा सभामुख नियुक्त भएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका  अध्यक्ष राजेन्द्र लिङ्देन मलेसियामा थिए । यता सत्ता गठबन्धनले भने राप्रपा र अध्यक्ष लिङदेनले दोहोरो चरित्र देखाएको बताइरहेको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १ : ०९ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज