सिके राउतले औंल्याए नेपाल पछि पर्नुका तीन कारण  « Khabarhub

सिके राउतले औंल्याए नेपाल पछि पर्नुका तीन कारण 


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपाल  नेपाल विकासमा पछाडि पर्नुका तीन कारण रहेको बताएका छन् । 

उनले खबरहबसँग कुरा गर्दै नेपाल नबन्नु  र विकासमा पछि पर्नुका तीन कारण बताएका छन् । 

यस्तो छ राउतले दिएका ३ कारण 

पहिलो- हाम्रो व्यवस्था कस्तो भयो भन्दा हरेक ठाउँमा, राज्यका सम्पूर्ण संयन्त्रमा चार–पाँच जना नेताको कब्जा भएको हुनाले नेपाल जुन तरिकाले अगाडि जानुपर्ने थियो, त्यो गएन । जति भ्रष्टाचार गरे पनि कारवाही हुँदैन । जे राम्रो काम हुनुपर्ने थियो, बीचमा मिलेमतो गरेर निजी लाभका लागि टुंग्याइन्छ । सबैभन्दा ठूलो कारण हरेक राज्यसंयन्त्र चारपाँचजना नेताको कब्जामा छ ।

दोस्रो- स्वेच्छाचारिता देखिन्छ । जस्तो– एउटा कुनै कम्पनी छ । उसले अर्कै प्रोडक्ट निकाले पनि उसलाई कारवाही हुँदैन । अस्पतालमा जे गरे पनि उसलाई कारवाही छैन । बसे पनि, जे गरे पनि मनोमानी चलेको छ । स्वेच्छाचारिता देखिन्छ । 

कर्मचारीमा पनि यस्तै छ । कर्मचारी, डाक्टर इन्जिनियर राजनीतिकर्मी, व्यापारी मात्र होइन, जनताको पक्षबाट पनि यही भएको छ । हल्ला गरियो भने, मान्छे मारियो हुन्छ कि रु जुलुस नारा गरियो भने हुन्छ कि रु यस्तो खालको स्वेच्छाचारिता नेपालमा मौलाएको छ । मान्छे मारिँदा पनि नसुन्ने भइसक्यो । राज्यले पनि नसुन्ने, जनतामा पनि क्षतिपूर्ति दश लाख लिनु छ भने पहिला सडक जाम, बन्द, तोडफोड गर्नुपर्ने मानसिकता छ । यसले गर्दा देश विकास गर्न गाह्रो परेको छ । अरू पनि उदाहरण धेरै छन् । 

तेस्रो – हामीले परिवर्तन छिटो–छिटो खोजेका छौँ । यसले के गरेको छ भने कुनै पनि सिस्टम टेस्ट हुन पाएको छैन । जनताले आज कसैको जय जयकार गरिरहेको हुन्छ, एक–दुई महिनापछि अर्कोको पछि लागेर जयजयकार हुन्छ । केही गर्नु छ भने दीर्घकालीनरूपमा लागिरहनु पर्छ । त्यसलाई सफल बनाउन लाग्नुपर्छ । तर, मानसिकता त्यो देखिएन । आज एउटा कुरा रह्यो, फेरि दुई महिना पछि अर्को कुरा हुन्छ । यसले गर्दा लगाव तथा इच्छामा पनि एकरूपता नहुँदा समस्या भएको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  २ : ५६ बजे

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको