सिके राउतले औंल्याए नेपाल पछि पर्नुका तीन कारण  | Khabarhub Khabarhub

सिके राउतले औंल्याए नेपाल पछि पर्नुका तीन कारण 


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपाल  नेपाल विकासमा पछाडि पर्नुका तीन कारण रहेको बताएका छन् । 

उनले खबरहबसँग कुरा गर्दै नेपाल नबन्नु  र विकासमा पछि पर्नुका तीन कारण बताएका छन् । 

यस्तो छ राउतले दिएका ३ कारण 

पहिलो- हाम्रो व्यवस्था कस्तो भयो भन्दा हरेक ठाउँमा, राज्यका सम्पूर्ण संयन्त्रमा चार–पाँच जना नेताको कब्जा भएको हुनाले नेपाल जुन तरिकाले अगाडि जानुपर्ने थियो, त्यो गएन । जति भ्रष्टाचार गरे पनि कारवाही हुँदैन । जे राम्रो काम हुनुपर्ने थियो, बीचमा मिलेमतो गरेर निजी लाभका लागि टुंग्याइन्छ । सबैभन्दा ठूलो कारण हरेक राज्यसंयन्त्र चारपाँचजना नेताको कब्जामा छ ।

दोस्रो- स्वेच्छाचारिता देखिन्छ । जस्तो– एउटा कुनै कम्पनी छ । उसले अर्कै प्रोडक्ट निकाले पनि उसलाई कारवाही हुँदैन । अस्पतालमा जे गरे पनि उसलाई कारवाही छैन । बसे पनि, जे गरे पनि मनोमानी चलेको छ । स्वेच्छाचारिता देखिन्छ । 

कर्मचारीमा पनि यस्तै छ । कर्मचारी, डाक्टर इन्जिनियर राजनीतिकर्मी, व्यापारी मात्र होइन, जनताको पक्षबाट पनि यही भएको छ । हल्ला गरियो भने, मान्छे मारियो हुन्छ कि रु जुलुस नारा गरियो भने हुन्छ कि रु यस्तो खालको स्वेच्छाचारिता नेपालमा मौलाएको छ । मान्छे मारिँदा पनि नसुन्ने भइसक्यो । राज्यले पनि नसुन्ने, जनतामा पनि क्षतिपूर्ति दश लाख लिनु छ भने पहिला सडक जाम, बन्द, तोडफोड गर्नुपर्ने मानसिकता छ । यसले गर्दा देश विकास गर्न गाह्रो परेको छ । अरू पनि उदाहरण धेरै छन् । 

तेस्रो – हामीले परिवर्तन छिटो–छिटो खोजेका छौँ । यसले के गरेको छ भने कुनै पनि सिस्टम टेस्ट हुन पाएको छैन । जनताले आज कसैको जय जयकार गरिरहेको हुन्छ, एक–दुई महिनापछि अर्कोको पछि लागेर जयजयकार हुन्छ । केही गर्नु छ भने दीर्घकालीनरूपमा लागिरहनु पर्छ । त्यसलाई सफल बनाउन लाग्नुपर्छ । तर, मानसिकता त्यो देखिएन । आज एउटा कुरा रह्यो, फेरि दुई महिना पछि अर्को कुरा हुन्छ । यसले गर्दा लगाव तथा इच्छामा पनि एकरूपता नहुँदा समस्या भएको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  २ : ५६ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र