स्रोत नखुलेको ६ लाख रकमसहित एक जना पक्राउ « Khabarhub

स्रोत नखुलेको ६ लाख रकमसहित एक जना पक्राउ


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

रौतहट– करिब ६ लाख नेपाली रुपैयाँ  सहित रौतहटमा एक जना मानिस पक्राउ परेका छन् । सशस्त्र प्रहरीको गस्ती टोलीले हुण्डी कारोबार गरेको आशंकामा एकजना मानिस लाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र कुमार पाटामगर नेतृत्वको टोलीले शनिवार पाँचलाख ९४ हजार रुपैयाँ सहित परोहा नगरपालिका ८ का दिनेश प्रसाद कुष्वाहालाई पक्राउ गरेको छ।

सीमावर्ती बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारत तर्फ गई रहेको बागमती प्रदेश ०२–०३८ प.–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा  एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थानगरी कुल पाँच लाख ९४ हजार रुपैयाँ सहित कुशवाहा पक्राउ  भएको इन्स्पेक्टर पाटा मगरले बताएका छन।

बरामद रुपैया, मोटरसाईकल सहित ४५ वर्षीय  कुशवाहालाई आवश्यक कारवाहीको लागि जिल्ला  भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी हेक्वा रौतहटले जनाएको छ। 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ३ : १४ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई