स्रोत नखुलेको ६ लाख रकमसहित एक जना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको ६ लाख रकमसहित एक जना पक्राउ


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

रौतहट– करिब ६ लाख नेपाली रुपैयाँ  सहित रौतहटमा एक जना मानिस पक्राउ परेका छन् । सशस्त्र प्रहरीको गस्ती टोलीले हुण्डी कारोबार गरेको आशंकामा एकजना मानिस लाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र कुमार पाटामगर नेतृत्वको टोलीले शनिवार पाँचलाख ९४ हजार रुपैयाँ सहित परोहा नगरपालिका ८ का दिनेश प्रसाद कुष्वाहालाई पक्राउ गरेको छ।

सीमावर्ती बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारत तर्फ गई रहेको बागमती प्रदेश ०२–०३८ प.–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा  एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थानगरी कुल पाँच लाख ९४ हजार रुपैयाँ सहित कुशवाहा पक्राउ  भएको इन्स्पेक्टर पाटा मगरले बताएका छन।

बरामद रुपैया, मोटरसाईकल सहित ४५ वर्षीय  कुशवाहालाई आवश्यक कारवाहीको लागि जिल्ला  भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी हेक्वा रौतहटले जनाएको छ। 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ३ : १४ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको