मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मीको टोली विजयी « Khabarhub

मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मीको टोली विजयी


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा सञ्चारकर्मीको टोली विजयी भएको छ ।

बलको प्रधान कार्यालय हलचोक परिसरमा भएको खेलमा सञ्चारकर्मीको समूहले सशस्त्र प्रहरी बललाई एकका  विरुद्ध दुई  गोलले पराजित गरी विजयी भएको हो । सो अवसरमा बलका महानिरीक्षक राजु अर्यालले विजयी टोलीका खेलाडीलाई मैत्रीपूर्ण खेलमा सहभागिताको प्रमाणपत्र प्रदान गरे ।

 यसअघि नेपाली सेना र नेपाल प्रहरीसँग पनि सञ्चारकर्मीको समूहले मैत्रीपूर्ण फुटबल खेलेको थियो । सशस्त्र प्रहरीले यही माघ ९ गते  विभिन्न कार्यक्रम गरी २३ औं स्थापना दिवस मनाउँदैछ । 

 सशस्त्र प्रहरीले  सीमा सुरक्षा, दंगा नियन्त्रण, दैवी प्रकोप एवम् विपद् व्यवस्थापनमा उद्धार र राहत तथा राजश्व संकलनको समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । करिव ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरी बलको महानिरीक्षकमा हाल अर्याल छन्।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ५ : ०३ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न