कर्णालीमाथि मधेश प्रदेशको सहज जित « Khabarhub

कर्णालीमाथि मधेश प्रदेशको सहज जित


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशले जारी प्रधानमन्त्री कपमा कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिबार टियु मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको २३२ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले ४१.१ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो । यसअघि पहिला ब्याटिङ गर्दै मधेश प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो ।

जारी प्रतियोगितामा मधेश प्रदेशको यो तेस्रो जित हो । मधेशको ५ खेलमा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशले भने दोस्रो हार बेहोरेको छ । कर्णालीको ४ खेलमा ४ अंकसहित सातौँ स्थानमा रहेको छ ।

अब मधेश प्रदेशले सोमबार टियु मैदानमा सुदूरपश्चिमसँग खेल्ने छ भने कर्णाली प्रदेशले सोमबार नै मूलपानीमा बागमती प्रदेशसँग खेल्ने छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ५ : २४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको