इट्टा उद्योग चलाउने स्थिति छैन् : उद्योगी « Khabarhub

इट्टा उद्योग चलाउने स्थिति छैन् : उद्योगी


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीका इट्टा उद्योगी व्यवसायीहरूले उद्योग बन्द हुने अवस्था आएको बताएका छन ।

निर्माणजन्य काममा आएको गिरावट र स्थानीय इट्टाको प्रयोग कम हुन थालेपछि रूपन्देहीको इट्टा उद्योग धराशायी हुने अवस्थामाझ पुगेको भैरहवामा लुम्बिनी इट्टा उद्योग व्यवसायी संघले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन ।

एकातर्फ बजारमा माग न्यून छ, तयार भएको इट्टा बिक्री हुन सकेको छैन भने बैंक र करका लागि पटक पटक ताकेता हुँदै गएको उद्योग सञ्चालनमा समस्या सृजना भएको उद्योगीहरूको भनाई छ । चर्को ब्याजदर, कर माथिको कर, कच्चा पदार्थको अभाव लगायतको समस्याले पनि यो व्यवसाय धरापमा परेको उद्योगीहरूले गुनासो गरेका छन् ।

संघका अध्यक्ष अजय कुमार गुप्ताले अहिले मुख्य हाम्रो सिजन भएपनि उद्योगीहरू निराश छन्, गत वर्ष २५ प्रतिशत उद्योगले मात्रै उत्पादन गरेकोमा ति ईट्टाअहिलेसम्म पनि बिक्री नभइसकेकोले उत्पादन नगर्ने पक्षमा रहेको बताए । यहाँ ५२ वटा उद्योग छन तर अधिकांश उद्योगको अवस्था त्यस्तै रहेको छ । अहिले २-३ वटा उद्योगहरू बाहेक अन्य सबै उद्योगहरू उत्पादन नगर्ने मनसायमा रहेका उनले भने ।

जिल्लामा अहिले करिब ८ करोड गोटा मात्र इट्टा मौज्दात रहेका छन् । यस पटक रूपन्देहीको हिरो इट्टा उद्योग, एभरेष्ट इट्टा उद्योग र जेएम इट्टा उद्योगले मात्र उत्पादनको लागि तयारी गरेका छन ।

उनले अहिलेको अवस्थामा सरकारले मूल्य अभिवृद्धि करमा लाग्ने हर्जाना तथा स्थानीय तहहरूले बढाएको बिभिन्न कर हटाइदिन आग्रह गरे ।

संघका महासचिव दीपक पौडेलले भएको मौज्दात इट्टाहरु बैंकहरूको दबाबको कारण सस्तोमै बेच्नु परिरहेको बताए । उनले भने ‘८ देखि १० वटा इट्टा उद्योगहरू लिलामीमा चढेको अवस्था छ ।’

रूपन्देहीमा उत्पादन हुने इट्टा पाल्पा, गुल्मी, पोखरा, काठमाडौँ लगायत विभिन्न स्थानमा जाने गर्दछ । चिसो मौसमको लागी प्रत्येक वर्ष मंसिर देखि र माघ देखी जेठ महिना सम्म गर्मी यामको लागी उद्योग सञ्चालन हुने गर्दछ भने बाँकी महिना वर्षाका कारण इट्टा उद्योगहरू बन्द रहने गर्दछन् ।

प्रत्येक वस्तुको बिमा हुने गरेपनि सरकारको नीतिका कारण काँचो इट्टाको बिमा नहुने हुँदा वर्षेनी करोडौँ रुपैयाँको नोक्सानी बेहोरिँदै आएको नेपाल इट्टा उद्योग व्यवसायी महासंघका सल्लाहकार हरि प्रसाद अधिकारीको भनाई छ । व्यवसायीहरूले आफ्नो तरिका अनुसार काँचो ईट्टा जोगाउन खोजे पनि त्यो लगानी जोगाउनको लागी प्रयात हुन नसकेको अधिकारीले बताए ।

व्यवसायीहरूले काँचो इट्टाको बिमा बारे प्रदेश सरकार र संघीय सरकारलाई पटक पटक आग्रह गरे पनि यस बारे कुनै ठोस निर्णय नभएकोले व्यवसायी मारमा परिरहेको उनको भनाई छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ७ : ०१ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई