नेपाललाई मेडिकल शिक्षाको गन्तव्य बनाउन सकिन्छ : मन्त्री बस्नेत | Khabarhub Khabarhub

नेपाललाई मेडिकल शिक्षाको गन्तव्य बनाउन सकिन्छ : मन्त्री बस्नेत


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई मेडिकल शिक्षाको गन्तव्य मुलुकका रूपमा स्थापित गर्न सकिने बताएका छन् ।

आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ मेन्ज्ये गाउँमा ओग्र्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बाको प्राण प्रतिष्ठा तथा उद्घाटन कार्यक्रममा बोल्नुहुँदै बस्नेतले एक सयदेखि तीन सय शय्यासम्मको अस्पतालमा नर्स र पारामेडिक्स पढाउने तथा तीन सयभन्दा बढी शय्याका अस्पतालमा डाक्टर पढाउने गरी योजना बनाइरहेको बताए ।

कक्षा १२ सम्मको पढाइलाई निःशुल्क गर्ने तथा आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट कुनै पनि नागरिकलाई बञ्चित नगरिने उनको भनाइ छ । स्वास्थ्य क्षेत्रमा ३२ हजारको सङ्ख्यामा नयाँ दरबन्दी आवश्यक रहेको उल्लेख गर्दै बस्नेतले उक्त जनशक्ति व्यवस्थापनका लागि सरकारले आन्तरिक तयारी गरिरहेको बताए ।

सिन्धुपाल्चोकवासीलाई आफूले चुनावका क्रममा गरेको प्रतिबद्धता पूरा गर्ने पनि उनले स्पष्ट पार्नुभयो । “चुनावका बेलामा जे–जे गर्छौँ भनेका थियौँ, त्यो पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । पाँच वर्षमा बोलेको भन्दा बढी काम गर्छौँ”, मन्त्री बस्नेतले भने, “मेलम्चीबाट हेलम्बु जाने बाटो निर्माणलाई र हेलम्बुमा वडास्तरका चारवटा अस्पताल बनाउने कार्यलाई प्राथमिकतामा राखिएको छ । वडामा बन्ने अस्पताललाई अत्याधुनिक ल्याबयुक्त बनाउने र सोहीअनुसार जनशक्ति पनि व्यवस्थापन हुनेछ ।” त्यसैगरी मेलम्ची अस्पताललाई १५ शय्याको अस्पताल बनाउने पनि बस्नेतको भनाइ छ ।

कार्यक्रममा पूर्वमन्त्री शेरबहादुर तामाङले मेलम्चीबाट हेलम्बुसम्म जाने बाटोको कहालीलाग्दो अवस्थामा रहेको उल्लेख गर्दै उक्त सडकखण्ड निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट आवश्यक समन्वय र सहयोग हुन नसकेको बताए । सडकको दूरावस्थाका कारण यहाँको उत्पादन बजारसम्म पुर्याउन कठिन भइरहेको उनको भनाइ थियो ।

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले सिन्धुपाल्चोकका जनतासँग चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्न सुरुआत गरिसकेको र त्यसले विस्तारै नतिजा देखाउने बताए । प्रदेश सरकारले स्थानीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

ओर्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा २०६७ सालबाट निर्माण थालिएको थियो । स्थानीयको श्रमदान र विभिन्न व्यक्ति तथा संस्थाबाट भएको सहयोगबाट निर्मित उक्त गुम्बाको आज उद्घाटन भएको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : ३३ बजे

कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्

म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना

म्याग्दी– जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल

एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताबीचको विभेद र

नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले मुलुकको सार्वभौमिकताको रक्षाका लागि कुनै पनि

गाजामा भयावह अनिकाल र कुपोषण, चिकित्सक भन्छन्- म पनि पिठो खोज्दैछु

चेतावनी : यसमा उल्लेखित विवरण र तस्बिरहरूले विचलित बनाउन सक्छन् ।