फाइल तस्बिर : रासस

राजनीति

कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

By रासस

September 20, 2024

विराटनगर – कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ ।

सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने घोषणा गरेका हुन्‌ ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गरेका निर्णय सभामुख विष्टले आजको बैठकमा पढेर सुनाएका थिए ।

प्रदेशको बर्खे अधिवेशन गत जेठ ११ गते सुरु भएको थियो ।