बेलायतका विकासमन्त्रीबाट लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन « Khabarhub

बेलायतका विकासमन्त्रीबाट लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् ।

बेलायती मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै उनले सहयोग वृद्धि गर्ने प्रतिबद्धता गरे ।

अस्पतालले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवाप्रति सराहना व्यक्त गर्दै मिचेलले अस्पतालमा मातृ–शिशु स्वास्थ्य तथा बालबालिकाको पोषणको क्षेत्रमा आर्थिक सहयोग वृद्धि गर्न बेलायत सरकार तयार रहेको बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य सचिव डा. जनार्दत पन्थी, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयलगायतको उपस्थितिमा अस्पतालको स्वास्थ्य अवस्थाबारे छलफल भएको थियो । त्यस अवसरमा मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रका बारेमा जानकारी गराएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले अस्पतालको स्वास्थ्य उपचार र अवस्थाबारे जानकारी गराएका थिए । अस्पतालमा रहेको ओसिएमसी, एनआइसीयू, एसएनसीयू, पिआइसीयू तथा बालबालिकाको पोषण पुनःस्थापना केन्द्रको अवलोकनपछि स्वास्थ्य उपचार सेवाबारे छलफल भएको मेसु डा. थापाले जानकारी दिए ।

यस्तै, नगर प्रमुख पाण्डेयले बुटवलले मातृ स्वास्थ्य र शिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्यक्रम अगाडि सारेको जानकारी गराए ।  त्यस अवसरमा प्रमुख पाण्डेयले मन्त्री मिचेललाई नेपाल–अङ्ग्रेज युद्ध, जितगढी किल्ला र उजिरसिंहका बारेमा जानकारी गराउँदै उजिर सिंहको तस्बिर मायाको चिनो स्वरुप प्रदान गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : १२ बजे

अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउने : प्रजिअ

चितवन– चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव

सिन्धुलीमा बसले ठक्कर दिँदा सुनकोशीमा खस्यो कार

काठमाडौं- सिन्धुलीमा बसले ठक्कर दिँदा एउटा कार सुनकोशी नदीमा खसेको

तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन

महेन्द्रनगर– चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२

मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता

जनकपुरधाम– राष्ट्रिय मानवअधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आर्थिक वर्ष

तस्बिरमा हेर्नुहोस्, पोखरामा निकालिएको बोलबम यात्रा

पोखरा– साउनको तेस्रो सोमबार पर्यटकीय राजधानी पोखरामा बोलबम निकालिएको छ ।