इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा « Khabarhub

इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बग्दाद– इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले सोमबार शिया धर्मगुरु मुक्तादा अल-सद्रप्रति वफादार एक जना प्रमुख कार्यकर्ताको अपहरण र हत्याको निन्दा गरेका छन् । उनले यस घटनालाई  सुरक्षा, स्थिरता र शान्तिपूर्ण सहअस्तित्वका लागि खतरा भएको बताएका छन् । 

रशिदले विज्ञप्ति जारी गर्दै प्रसिद्ध ब्लगर आयसेर अल-खाफाजीको हत्या कानूनको उल्लङ्घन हो भन्दै सुरक्षा बलहरूलाई नागरिकको सुरक्षाका लागि सुरक्षा उपायहरू कडा पार्न निर्देशन दिएका छन्। उनले उक्त घटनाको छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन पनि उनले सम्बन्धित पक्षलाई आग्रह गर्नु भएको छ ।

अल-खाफाजी सोमबार बिहान राजधानी बगदादबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको हिला शहरको उत्तरमा रहेको जेबाला क्षेत्रमा राजमार्गको छेउमा मृत फेला परेका थिए ।  उनलाई आइतबार साँझ घर नजिकैको समूहले अपहरण गरेको आन्तरिक मन्त्रालयको स्रोतले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताएको छ ।

अल-खाफाजी अल-सद्रका प्रभावशाली अनुयायी थिए जसले सद्रिस्ट आन्दोलनको नेतृत्व गर्दै लाखौं इराकीहरूको कमाण्ड गरिरहेका थिए । 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १२ : २९ बजे

अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउने : प्रजिअ

चितवन– चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव

सिन्धुलीमा बसले ठक्कर दिँदा सुनकोशीमा खस्यो कार

काठमाडौं- सिन्धुलीमा बसले ठक्कर दिँदा एउटा कार सुनकोशी नदीमा खसेको

तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन

महेन्द्रनगर– चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२

मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता

जनकपुरधाम– राष्ट्रिय मानवअधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आर्थिक वर्ष

तस्बिरमा हेर्नुहोस्, पोखरामा निकालिएको बोलबम यात्रा

पोखरा– साउनको तेस्रो सोमबार पर्यटकीय राजधानी पोखरामा बोलबम निकालिएको छ ।