आठ वर्ष बित्दा पनि बनेन तामाकोशी पुल « Khabarhub

आठ वर्ष बित्दा पनि बनेन तामाकोशी पुल


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको तामाकोशी नदीमा रहेको पुरानो पुलकै छेउमा निर्माणाधीन नयाँ पुल आठ वर्षदेखि अलपत्र छ ।

लामोसाँघु जिरी सडक खण्डअन्तर्गत पर्ने तामाकोशी पुल निर्माणका लागि ठेकेदार कम्पनी मिलगिरी नेसनल जेभीले २०७३ सालमा ठेक्का सम्झौता गरेको थियो ।

साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले हालसम्म पुलको जग र पिलरबाहेक अन्य संरचना बनाउन सकेको छैन ।

पाँच वटा स्थानीय तहलाई सदरमुकामसम्म जोड्ने र आधा दर्जन हाइड्रोपावरको सामान ढुवानी हुने तामाकोशी पुल अहिले जीर्ण अवस्थामा पुगेको छ ।

जिल्लाको सदरमुकाम चरिकोट हुँदै मैनापोखरी, जिरी, तामाकोशी हुँदै रामेछापको सदरमुकाम मन्थली ओहोरदोहोर गर्ने यो पुललाई ठेकेदार कम्पनीले सात वर्षदेखि अलपत्र पारेको स्थानीय राजन कुमार दाहालले बताए ।

चरिकोट जिरी सडकखण्ड स्तरोन्नति गर्ने सम्झौता हुनुभन्दा एक वर्षअगाडि नै निर्माण सम्झौता भएको यो पुल उक्त सडकखण्ड निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि अझै अलपत्र अवस्थामा रहेको छ ।

२०७४ सालमा ठेक्का सम्झौता भएको चरिकोट–जिरी ५५ किलोमिटर सडक २०७८ सालमै निर्माण सम्पन्न भइसकेको छ । तर सोही सडकखण्डमा रहेको उक्त पुल निर्माण हुन नसक्दा जोखिम मोलेरै मालवाहक ठूला सवारी ओहोरदोहोर गर्नुपरेको यातायात व्यवसायी बताउँछन् ।

जिल्लाको बैतेश्वर, गौरिशंकर, तामाकोशी, मेलुङ गाउँपालिका र जिरी नगरपालिकाका नागरिक सदरमुकाम तथा राजधानी ओहोरदोहोर गर्ने उक्त पुल निर्माणका लागि ठेकेदार कम्पनीसँगै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि तथा सडक डिभिजन कार्यालयले समेत चासो नदेखाएको स्थानीयहरूको गुनासो छ ।

पुल निर्माण कम्पनी मिलगिरी नेसनल जेभी सम्पर्कविहीन भएको छ । कोरोना महामारीलाई कारण देखाएर दुई पटक समय थप गरिँदा पनि निर्माण कम्पनी पुल बनाउन आएको छैन ।

करिब ४० वर्षअघि लामोसाँगु–जिरी सडक निर्माण गर्दा बनाएको पुरानो पुल अहिले चारैतिरबाट चिरा परेर जीर्ण अवस्थामा पुगेको छ । सोही जीर्ण रहेको पुरानो पुलबाट सवारीसाधन तथा मालवाहक बस ओहोरदोहोर गरिरहेका छन् ।

निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरका सयौँ टन सामान यही पुरानो जीर्ण पुलबाट ढुवानी हुँदै आएको छ ।

सुबास बस्नेत

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ४ : १० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते