नाइजेरियामा सत्तारुढ दलका प्रवक्ताको हत्या « Khabarhub

नाइजेरियामा सत्तारुढ दलका प्रवक्ताको हत्या


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लेगोस- नाइजेरियाको सत्तारुढ दल अल प्रोग्रेसिभ काङ्ग्रेस (एपीसी) पार्टीका प्रवक्ताको हत्या भएको छ । अज्ञात बन्दुकधारी समूहले प्लेटो राज्यमा यसै सप्ताहन्तमा उनको हत्या गरेको स्थानीय प्रहरीले सोमबार जनाएको छ ।

शनिबार राति पाङ्कशिन क्षेत्रस्थित विश्राम स्थलमा बन्दुकधारीहरूले आक्रमण गर्दा प्लेटो राज्यका एपीसी प्रचार सचिव सिल्भानस नामाङको मृत्यु भएको स्थानीय प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “अपहरणकारी भएको आशङ्कामा ७ जना बन्दुकधारीहरू पाङ्कशीन-जोस सडकको छेउमा रहेको विश्राम केन्द्रमा प्रवेश गरी मालिकको अपहरण गरेका थिए ।”

डिस्ट्रेस कल प्राप्त गरेपछि प्रहरीले घटनास्थलमा टोली पठाएको थियो जसले अपहरणलाई विफल पार्‍यो । यद्यपि आक्रमणकारीहरूसँग गोली हानाहान भएको थियो । सबै जना संदिग्धहरू गोली लागेर भागेका छन्  ।

घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ४ : १६ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल