यस्तो बन्यो ‘महाजात्रा’को टिजर  « Khabarhub

यस्तो बन्यो ‘महाजात्रा’को टिजर 


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र जात्राको तेस्रो शृङ्खला ‘महाजात्रा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार ओएसआर युटुब च्यानबाट टिजर सार्वजनिक गरेको हो ।

टिजरमा फिल्मका मुख्य भूमिकामा रहेका कलाकारहरू हरिवंश आचार्य, राजाराम पौडेल, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतलगायतले स्थान पाएका छन् ।

अघिल्ला शृङ्खखला जस्तै यस पटक पनि पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्याका बारे फिल्म निर्माण भएको टिजरले बताउँछ ।

निर्देशक भट्टराई भन्छन्, ‘महाजात्रा भएकाले कथा, प्रस्तुतीकरणमा उत्तिकै ध्यान दिएका छौँ । हामी दर्शकको वर्ड अफ माउथ अघिल्ला शृङ्खला भन्दा यस पटक झनै बलियो होस् भनेर काम गरिरहेका छौँ ।’

चैत ९ बाट प्रदर्शनमा आउने यस फिल्मको लेखक र निर्देशक प्रदीप भट्टराई हुन् । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

त्यस्तै, जितबहादुर रुवाली एसोसियट निर्देशक रहेको यो फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी रहेको छ । पुरुषोत्तम प्रधानले यो फिल्म खिचेका हुन् ।

भारतबाहेक अन्य देशका लागि प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको निर्माण पक्षले जानकारी दिएको छ ।

हेर्नुहोस् टिजर :

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ५ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै