न्याय क्षेत्रमा मध्यस्थताको भूमिका महत्वपूर्ण : पूर्व न्यायाधीश सिन्हा « Khabarhub

न्याय क्षेत्रमा मध्यस्थताको भूमिका महत्वपूर्ण : पूर्व न्यायाधीश सिन्हा


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्चका पूर्व न्यायाधीश अनिलकुमार सिन्हाले न्यायिक क्षेत्रमा मध्यस्थताको भूमिका निकै महत्वपूर्ण रहेको बताएका छन् । ‘सम्झौता व्यवस्थापन तथा विवाद समाधान’ सम्बन्धी ५ दिने तालिमको समापन कार्यक्रममा बोल्दै सिन्हाले यस्तो बताएका हुन् ।

‘न्यायिक क्षेत्रमा मध्यस्ताको बाटो र मध्यस्थ कर्ताको निकै ठुलो भूमिका छ । मध्यस्थताका माध्यमबाट अदालतमा रहेका हजारौँ मुद्दाहरू किनारा लाग्न सक्छन्, सिन्हाले भने, ‘तर, मध्यस्थकर्ताहरू यस्ता विषयमा निकै संवेदनशील र जिम्मेवार हुनुपर्छ ।’

लामो अदालती प्रक्रिया र पीडित तथा पीडक पक्षलाई न्याय दिलाउने सहज माध्यमका रूपमा रहेको मध्यस्थता क्षेत्रलाई सशक्त बनाउन यस्ता तालिमहरू थप फलदायी हुने उनले बताए । साथै, यस्ता कार्यक्रमहरू बेलाबखतमा सञ्चालन गर्नुपर्नेमा पनि सिन्हाले जोड दिए ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए नेपाल) र नेपाल मध्यस्थता परिषद् (नेप्का) को संयुक्त आयोजनामा काठमाडौँमा ‘सम्झौता व्यवस्थापन तथा विवाद समाधान’ सम्बन्धी ५ दिने तालिम सञ्चालन भएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले ५ दिने तालिम निकै अर्थपूर्ण रहेको र दुई पक्षीय रूपमा भएका सम्झौताको कार्यान्वयन चरणमा देखिने समस्या र विवाद समाधानका लागि मूर्धन्य जनशक्ति उत्पादन भएको बताए ।

साथै, यस्ता कार्यक्रम र तालिमलाई डिएलए नेपालको तर्फबाट आगामी दिनमा पनि जारी राख्ने प्रतिबद्धता केसीले व्यक्त गरे । यस्ता तालिमले सहभागी प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्नुका साथै मध्यस्थताको क्षेत्रमा योग्य र सक्षम जनशक्ति निर्माण भएकामा आफू विश्वस्त रहेको बताउँदै सहआयोजक नेप्काका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले सबै प्रशिक्षार्थीलाई धन्यवाद व्यक्त गरे ।

फागुन ४ देखि ८ गतेसम्म भएको तालिममा देशभरबाट ५६ जना प्रशिक्षार्थीहरूले सहभागिता जनाएका थिए भने वरिष्ठ अधिवक्ता तथा सम्बन्धित क्षेत्रका विभिन्न अग्रजहरूले प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले तालिमबाट मध्यस्थताका विषयमा थप बुझ्न पाएको बताए । ‘मध्यस्थताका सम्बन्धमा रहेका केही भ्रम र अन्योल हटेको छ,’ सहभागीहरूको भनाइ थियो, ‘यो तालिमका कारण अब काम गर्न थप सहज हुनेछ ।’

तालिममा वरिष्ठ अधिवक्ताहरूदेखि भर्खरै लाइसेन्स लिएका अधिवक्ताहरू पनि सहभागी थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ५ : ४६ बजे

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल