आजका समाचार : कांग्रेस महासमिति बैठकदेखि क्रिकेटमा नेपालको जित | Khabarhub Khabarhub

आजका समाचार : कांग्रेस महासमिति बैठकदेखि क्रिकेटमा नेपालको जित


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा कांग्रेस महासमिति बैठकमा नीति प्रस्ताव प्रस्तुत, प्रधानमन्त्रीसँग बेलायतका विकासमन्त्रीको भेट, त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै : प्रधानमन्त्री, दूरसञ्चार क्षेत्रको गुणात्मक रूपान्तरणमा ध्यान दिन निर्देशन, जिम्मेवारी पूरा नगर्नेलाई कारबाही हुने, बाजुरामा वर्षासँगै हिमपात, किसान खुसी, रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा, क्यानडा-११ माथि नेपाल ए २ विकेटले विजयीलगायत रहनेछन् ।

कांग्रेस महासमिति बैठकमा नीति प्रस्ताव प्रस्तुत
नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहेको छ । ललितपुरको गोदावरीमा हिजो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको महासमितिको आज बन्दसत्र चलिरहेको छ ।

आजको बन्दसत्रको सुरुमा उपसभापति पूर्णबहादुर खड्काले ६५ पृष्ठको नीति प्रस्ताव पेस गरेका छन् । खड्काले प्रस्तुत गरेको नीति प्रतिवेदनमा केही नयाँ तथा राजसंस्थावादी दलहरुले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको आरोप लगाइएको छ ।


यस्तै, लोकरिझ्याइँ, अधिनायकवाद र पुनरुत्थानको कुचेष्टा बढेको भन्दै दृष्टिकोणबिनाको लोकप्रियताका निम्ति जे पनि बोल्न उचित नहुने उल्लेख गरिएको छ ।

थप…

कांग्रेस महासमिति बैठकको बन्दसत्र आजदेखि

यस्तो छ कांग्रेस महामन्त्री थापाले महासमितिमा प्रस्तुत गरेको प्रतिवेदन (पूर्णपाठ)

घरजग्गा क्षेत्रको कर्जा नउठ्दा बैंकमा खराब कर्जा बढ्यो, वितरणयोग्य मुनाफा घट्यो : डा. महत

पार्टीमा युवा सहभागिताका लागि बाधक कानुन तत्काल संशोधन गरिन्छ :उपसभापति खड्का

महामन्त्री शर्माको प्रतिवेदन : लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र

कांग्रेसले लियो गठबन्धनको नाम नै उच्चारण नगर्ने नीति

प्रधानमन्त्रीसँग बेलायतका विकासमन्त्रीको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका बेलायतका विकासमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो तथा विकासका विविध आयामबारे छलफल भएको थियो ।


त्यस अवसरमा प्रधानमन्त्री दाहालले आगामी वैशाखमा नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा लगानीकर्तालाई नेपालमा पठाउन सहयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले द्विपक्षीय संयन्त्रको वार्ताबाट बेलायती गोर्खा सैनिकको माग सम्बोधन हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यसले सकारात्मक नतिजा दिने बताए।

शान्ति स्थापनाको महत्वलाई अतिरञ्जित गर्न हुँदैन: प्रधानमन्त्री

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ : प्रधानमन्त्री

बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ आजदेखि सुरु

बैठकमा मोबाइल चलाएपछि ओलीको आक्रोश

दूरसञ्चार क्षेत्रको गुणात्मक रूपान्तरणमा ध्यान दिन निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको समग्र दूरसञ्चार र सूचना प्रविधि क्षेत्रको गुणात्मक रूपान्तरणमा ध्यान दिन नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीलाई निर्देशन दिएकी छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज अध्यक्ष भण्डारीलाई पद तथा गोपनियताको शपथ गराउँदै मन्त्री शर्माले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिइन् । अत्यन्त संवेदनशील क्षेत्रको रुपमा रहेको दूरसञ्चार क्षेत्रलाई गुणस्तरीय, सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि योजनाबद्ध पहल आवश्यक रहेको बताइन् ।

अत्यावश्यक विधेयक पारित गर्ने सभामुखको प्रतिबद्धता

जिम्मेवारी पूरा नगर्नेलाई कारबाही हुने

न्याय क्षेत्रमा मध्यस्थताको भूमिका महत्वपूर्ण : पूर्व न्यायाधीश सिन्हा

फिरंगी नेता नेतृत्वमा पुग्दा रौतहट पछि पर्‍यो : प्रभु साह

बाजुरामा वर्षासँगै हिमपात, किसान खुसी
वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । ६ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् ।

पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो ।


बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर समेत बनाएको छ ।

रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा

कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म

राप्रपा लुम्बिनीका सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सङ्क्रमित, फोहर उत्पादकले नै व्यवस्थापन गर्नुपर्छ :महानगर

पैँतालिस प्रतिशत क्षयरोगका बिरामी उपचारभन्दा बाहिर

क्यानडा-११ माथि नेपाल ए २ विकेटले विजयी
नेपाल ए ले क्यानडा-११ लाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा-११ लाई २ विकेटले पराजित गरेको हो । क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य पछाएको नेपाल ए ले ४९।१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि बशीर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए । बशीरले अविजित रहँदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए ।

क्यानडा–११ विरुद्ध नेपाल ‘ए’ फिल्डिङमा

क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल आज   : पहिलो जितको खोजीमा नेपाल ‘ए’

किम जोङ उनलाई पुटिनले दिए कार उपहार
उत्तर कोरियाली शासक किम जोङ उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कार उपहार दिएका छन् । पुटिनले राष्ट्रपति उनलाइ ‘विशेष व्यक्तिगत सम्बन्ध’को कदरस्वरूप कार उपहार दिएको कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

रुसमा निर्मित कार निर्माण भएको समय र मोडल खुलासा गरिएको छैन । तर, उत्तर कोरियाली नेताको व्यक्तिगत प्रयोगको लागि उक्त कार उपहार दिइएको हो ।

नाइजेरियामा सत्तारुढ दलका प्रवक्ताको हत्या

मंगोलियामा भारी हिमपात : ६ लाख ६७ हजार पशु मरे

इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ८ : ०५ बजे

निजी मेडिकल कलेजमा सिट संख्या बढाउने आयोगको निर्णयप्रति स्वास्थ्यकर्मीको आपत्ति  

काठमाडौं– चिकित्सा शिक्षा आयोगले गरेको निजी मेडिकल कलेजमा एमबीबीएस र

विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका सबै चरणमा अन्तर्राष्ट्रिय एवं

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

भद्रपुर– दमक नगरपालिका–७ पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक

पुटिनसँग भेट गर्ने जेलेन्स्कीको इच्छा

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्न आफ्ना रूसी

हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक सञ्चालनमा आएको छ ।  उक्त