रोजगारीमूलक शिक्षालाई देशव्यापी बनाउनुपर्छ : मन्त्री राई « Khabarhub

रोजगारीमूलक शिक्षालाई देशव्यापी बनाउनुपर्छ : मन्त्री राई


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कास्की – सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पोखरा विश्वविद्यालयका सहकुलपति अशोक राईले रोजगारीमूलक शिक्षा देशव्यापी बनाउन नसक्दा उच्च शिक्षाको अवसर खोज्दै युवावर्ग विदेशिने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेका छन् ।

पोखरा विश्वविद्यालयको उन्नाइसौँ दीक्षान्त समारोहमा आज उनले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् । “रोजगारीमूलक शिक्षा दिन नसक्नु हाम्रो कमजोरी हो, उनीहरू देशमा भविष्य नदेखेर विदेश पलायन भएका हुन्,” मन्त्री राईले भने, “उनीहरूलाई नेपालमा बस्ने वातावरण बनाउन रोजगारीमूलक शिक्षा र उच्च शिक्षामा अनुसन्धनात्मक कार्यमा लगाउन जरुरी हुन्छ ।”

देशको अर्थतन्त्र कमजोर भएका कारण सरकारले शिक्षामा लगानी वृद्धि गर्न नसकेको बताउँदै उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी शैक्षिक उन्नयन हासिल गर्नु आफ्नो एकमात्र उद्देश्य भएको बताए।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले पूर्वीय दर्शनलाई पछ्याउन नसक्दा उच्च शिक्षामा चुनौती खडा भएको बताए । उनले देशमा अध्ययन–अध्यापन र व्यवस्थापन कमजोर हुँदा विद्यार्थी विदेशिका हुन् भन्दै विगतबाट पाठ सिकेर गुणस्तरीय शिक्षाको प्रबन्ध स्वदेशमा नै गर्न सरकार इमानदार भएर लाग्नुपर्ने बताए।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालको अध्यक्षतामा भएको समारोहमा विभिन्न सङ्कायमा उच्च अङ्क हासिल गरेका विद्यार्थीलाई विभूषण प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १० : ०० बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह