रोजगारीमूलक शिक्षालाई देशव्यापी बनाउनुपर्छ : मन्त्री राई « Khabarhub

रोजगारीमूलक शिक्षालाई देशव्यापी बनाउनुपर्छ : मन्त्री राई


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कास्की – सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पोखरा विश्वविद्यालयका सहकुलपति अशोक राईले रोजगारीमूलक शिक्षा देशव्यापी बनाउन नसक्दा उच्च शिक्षाको अवसर खोज्दै युवावर्ग विदेशिने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेका छन् ।

पोखरा विश्वविद्यालयको उन्नाइसौँ दीक्षान्त समारोहमा आज उनले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् । “रोजगारीमूलक शिक्षा दिन नसक्नु हाम्रो कमजोरी हो, उनीहरू देशमा भविष्य नदेखेर विदेश पलायन भएका हुन्,” मन्त्री राईले भने, “उनीहरूलाई नेपालमा बस्ने वातावरण बनाउन रोजगारीमूलक शिक्षा र उच्च शिक्षामा अनुसन्धनात्मक कार्यमा लगाउन जरुरी हुन्छ ।”

देशको अर्थतन्त्र कमजोर भएका कारण सरकारले शिक्षामा लगानी वृद्धि गर्न नसकेको बताउँदै उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी शैक्षिक उन्नयन हासिल गर्नु आफ्नो एकमात्र उद्देश्य भएको बताए।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले पूर्वीय दर्शनलाई पछ्याउन नसक्दा उच्च शिक्षामा चुनौती खडा भएको बताए । उनले देशमा अध्ययन–अध्यापन र व्यवस्थापन कमजोर हुँदा विद्यार्थी विदेशिका हुन् भन्दै विगतबाट पाठ सिकेर गुणस्तरीय शिक्षाको प्रबन्ध स्वदेशमा नै गर्न सरकार इमानदार भएर लाग्नुपर्ने बताए।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालको अध्यक्षतामा भएको समारोहमा विभिन्न सङ्कायमा उच्च अङ्क हासिल गरेका विद्यार्थीलाई विभूषण प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १० : ०० बजे

यौनकर्मीको कथामा आधारित फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा