त्रिभुवन आर्मीलाई हराउँदै एपिएफ क्लब फाइनलमा « Khabarhub

त्रिभुवन आर्मीलाई हराउँदै एपिएफ क्लब फाइनलमा


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

हेटौँडा । सशस्त्र प्रहरी बलको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो । एपिएफको जीतमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरे । उनले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच फोफना घोषित भए । उनले रु १० हजार प्राप्त गरे ।

जितसँगै एपिएफले फाइनलमा मछिन्द्र फुटबल क्लबसँग भेट पक्का गरेको छ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यूरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ । बिहीबार एपिएफ र मछिन्द्रबीच उपाधिका लागि भिडन्त हुनेछ ।

प्रतियोगिताको विजेताले रु १० लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले रु एक लाख एक हजार र अन्य विधागत उत्कृष्टले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १० : ३२ बजे

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।