त्रिभुवन आर्मीलाई हराउँदै एपिएफ क्लब फाइनलमा « Khabarhub

त्रिभुवन आर्मीलाई हराउँदै एपिएफ क्लब फाइनलमा


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

हेटौँडा । सशस्त्र प्रहरी बलको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो । एपिएफको जीतमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरे । उनले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच फोफना घोषित भए । उनले रु १० हजार प्राप्त गरे ।

जितसँगै एपिएफले फाइनलमा मछिन्द्र फुटबल क्लबसँग भेट पक्का गरेको छ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यूरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ । बिहीबार एपिएफ र मछिन्द्रबीच उपाधिका लागि भिडन्त हुनेछ ।

प्रतियोगिताको विजेताले रु १० लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले रु एक लाख एक हजार र अन्य विधागत उत्कृष्टले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १० : ३२ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि