सन्दीपले गराए लाइपोमाको शल्यक्रिया | Khabarhub Khabarhub

सन्दीपले गराए लाइपोमाको शल्यक्रिया


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन् ।

गत वैशाखमा पनि सन्दीपले लाइपोमाको शल्यक्रिया गराएका थिए । उनले मंगलबार सिल्भरलाइन अस्पतालमा लाइपोमाको दोस्रो पटक शल्यक्रिया गराएको बताइएको छ ।

उनको शरीरका विभिन्न स्थानमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ ।

जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्धामा दोषी ठहर भएपछि सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट अलग छन् । जिल्ला अदालत काठमाडौँले पुस १३ गते सन्दीपमाथिको बलात्कार मुद्दामा उनलाई दोषी ठहर गरेको थियो ।

उनीविरुद्ध गत वर्ष भदौमा काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको थियो ।

याे पनि…

एक्सप्लेनर : १३ लाख तिरेपछि सन्दीप जेल जानुपर्दैन ?

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १० : ५५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका