प्रतिनिधिसभा बैठक बस्दै, प्रि बजेटमाथिको छलफल जारी रहने « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, प्रि बजेटमाथिको छलफल जारी रहने


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि छलफल गरियोस् भन्ने प्रस्तावका साथै खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

बैठकमा आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने छ ।

यस्तै, अर्थमन्त्री वर्षमान पुनले उक्त छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ९ : ११ बजे

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–

रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी

नवलपुरमा स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको

पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन

एजेन्सी – युक्रेनले पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको कुनै