भाले गैँडा कोशीटप्पुमा स्थानान्तरण गरिने | Khabarhub Khabarhub

भाले गैँडा कोशीटप्पुमा स्थानान्तरण गरिने


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जबाट एक भाले गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ । यहाँबाट दोस्रो पटक कोशीटप्पुमा गैँडा स्थानान्तरण गर्न लागिएको हो ।

यसअघि गत असोज ९ गते पुष्पा र अञ्जली नाम राखिएका दुई पोथी गैँडालाई कोशीमा स्थानान्तरण गरिएको थियो । वन  मन्त्रालयको निर्णयअनुसार एउटा भाले गैँडा कोशीटप्पु स्थानान्तरण गर्ने तयारी गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। 

उनका अनुसार यसअघि स्थानान्तरण गरिएका पोथी गैँडालाई जोडी मिलाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो । निकुञ्जभित्र आन्तरिक स्थानान्तरण भइरहेका बेला कोशीटप्पुमा पनि एउटा गैँडा लैजान लागिएको उनले बताए। उनका अनुसार चैतभित्र गैँडा स्थानान्तरण गरिनेछ । 

आमाबाट छुट्टिएर अनाथ भएको अवस्थामा पुष्पालाई दुई र अञ्जलीलाई एक महिनाको उमेरमा उद्धार गरिएको थियो । दुवैलाई गत वैशाख ३१ मा प्राकृतिक वासस्थानमा छाडिएको थियो । सो समयमा पुष्पाको उमेर तीन वर्ष चार महिना र पूजाको उमेर दुई वर्ष एक महिना पुगेको थियो । 

हाल पुष्पाको उमेर चार वर्ष तीन महिना र पूजाको उमेर तीन वर्ष पुगेको छ । पोथी गैँडा चार वर्षपछि प्रजननका लागि योग्य हुन्छन् ।    

अहिले चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक गैँडा स्थानान्तरण चलिरहेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन मगरले निकुञ्जको पश्चिम क्षेत्रका गैँडा पूर्वतर्फ सारिँदै छ । 

हालसम्म तीन वटा गैँडा स्थानान्तरण गरिएको छ  चितवन राष्ट्रिय निकुञ्जबाट सन् १९८६ सालदेखि यता एक सय दुई वटा गैँडा स्वदेशमा मात्र स्थानान्तरण गरिएको छ । यहाँबाट स्थानान्तरण भएका गैँडामध्ये ४५ वटा भाले र ५७ वटा पोथी छन् । त्यसमध्ये सबैभन्दा धेरै बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ वटा गैँडा लगिएको छ । 

पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा छन् । त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै छ सय ९४ वटा छन् । 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १२ : ०९ बजे

दूग्ध उत्पादक किसानलाई अनुदान

बागलुङ– किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम

संसद विघटनमा माओवादी दुई धार, चुनावमा एक

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटन गरेको विषयलाई लिएर

एक महिनामा अध्ययनका लागि विदेशियो १४ अर्ब ३१ करोड

काठमाडौं– देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था

जाग्राम बसेर देश विकास हुने हो र प्रधानमन्त्रीज्यू ?

७२ वर्षीय बयोवृद्ध निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई पछ्याउँदै ७३ वर्षीया

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र