रैथाने बाली जोगाउँदै मकवानपुरका स्थानीय तह | Khabarhub Khabarhub

रैथाने बाली जोगाउँदै मकवानपुरका स्थानीय तह


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मनहरी– किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका लागि मकवानपुरगढी र भीमफेदी गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न थालेका छन् । 

रैथाने बाली बिक्री गर्दा पालिकाले थप रकमसमेत दिने गरेको मकवानपुरगढीका अध्यक्ष दोर्जे लामा स्याङतानले बताए । किसानलाई नयाँ प्रविधिसँग जोड्न र पुराना खेतीलाई पनि संरक्षण गर्ने गरी कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । 

स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक पुरानो बाली संरक्षण तथा बजारीकरणका लागि बजेट विनियोजन गरेर किसानलाई प्रोत्साहित गर्दै आएको भिमफेदीका अध्यक्ष हिदम लामाले बताए । पालिकाले यस्तो अभियान सुरु गरेपछि रैथाने बाली तर्फ उनीहरु आकर्षित भएको उनको भनाइ छ । 

मकवानपुरका ग्रामीण क्षेत्रबाट बजार झर्ने बढेपछि रैथाने बाली संरक्षण गर्न नसकिएको जनाउँदै उनले यसको संरक्षणका लागि प्रोत्साहन रकम गाउँपालिकाले सहयोग गर्दै आएपछि उनीहरु यो बालीतर्फ आकर्षित भएका बताए।  रैथाने बाली जोगाउनका लागि आफूहरूले बजेट विनियोजन गरेर लागिपरेको उनको भनाइ छ । 

रैथाने बाली जोगाउनका लागि मकवानपुरगढी र भीमफेदी गाउँपालिका मात्र होइन मकवानपुरका अन्य गाँउपालिका पनि लागिपरेका छन् । मकवानपुरको मनहरी गाउँपालिका र बकैया गाउँपालिकाले पनि रैथाने बालीमा जोड दिन थालेका छन् । आधुनिक प्रविधिको विकास र बसाइँसराइका कारण मकवानपुरमा रैथाने बाली संरक्षणमा चुनौती बढेकाले पनि स्थानीय सरकारको पहलमा रैथाने बाली जोगाउन स्थानीय सरकार लागिपरेको बकैयाँका अध्यक्ष धर्मराज लामिछानेले बताए। 

एक दशक अगाडिसम्म मकवानपुरका ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ लगायतका खाद्य बालीको खेती पछिल्लो समय निकै कम हुने गरेको छ । खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ । यसैले गर्दा पालिका स्तरबाट आफुहरुले यसलाई जोगाउन बजेट विनियोजन गरेको उनले बताए। 

रैथाने बालीले बजार र उत्पादनअनुसारको मूल्य नपाउँदा किसान मर्कामा पर्दै आएका थिए । उन्नत जातका खाद्य बाली फस्टाउन थालेपछि कृषकले पनि रैथाने बालीको खेती गर्न छाड्दै गएका हुन् । परम्परागत बाली गाउँका पाखो बारीमा उत्पादन हुने गर्थे । पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढपक्क ढाकिएका छन् । खेती भइरहेका बारीमा पनि फलफूललगायत अन्य नगदेबाली लगाइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १२ : १९ बजे

पछिल्लो साता ६४ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या १ हजार ९ सय नाघ्यो

काठमाडौं– पछिल्लो एक सातामा देशभर ६४ जनामा डेंगु सङ्क्रमण पुष्टि

साउन १ गतेदेखि सबै सार्वजनिक निकायले विद्युतीय भुक्तानी अनिवार्य गर्नुपर्ने

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको सुरुवात साउन १ गतेदेखि

मौद्रिक नीति सकारात्मक : नेपाल चेम्बर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि

शंकर पोखरेलविरुद्ध आक्रमक कर्ण थापा- अध्यक्ष ओलीलाई गुमराहमा राखेर आफैं मुखिया बन्न खोजेको आरोप

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पछिल्लो समय

रसुवा बाढीपीडितको राहत, उद्धार र पुनः स्थापनामा सांसदको जोड

काठमाडौं– सांसदहरूले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा