‘भविष्यको आवश्यकता र ऐनको व्यवस्था मिलाउन पुँजी वृद्धिको प्रस्ताव गरिएको हो’ « Khabarhub

‘भविष्यको आवश्यकता र ऐनको व्यवस्था मिलाउन पुँजी वृद्धिको प्रस्ताव गरिएको हो’


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले भविष्यको आवश्यकता र ऐनको व्यवस्था मिलाउन पुँजी वृद्धिको प्रस्ताव गरिएको बताएका छन् । 

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै कार्कीले अहिले बजारमा अधिक तरलता भए पनि भविष्यको आवश्यकता र ऐनको व्यवस्था मिलाउन पुँजी वृद्धिको प्रस्ताव गरिएको बताएका हुन् । 

उनले हकप्रद सेयर जारी गरेर लगानीकर्तालाई तुरुन्त पैसा हाल्न लगाउने उद्देश्य नभई संस्थाले कमाएको आधारमा बोनस सेयरमार्फत पुँजी वृद्धि गर्दै लैजाने योजना रहेको स्पष्ट पारे । 

२०७५ सालमा ऐन संशोधन हुँदा ३ अर्ब रहेको व्यवस्थामा हाल करिब ६ अर्ब पुँजी पुगिसकेको तर ऐनमा पुरानै व्यवस्था रहेकाले अधिकृत पुँजीको सीमा १० अर्ब पुर्‍याउन खोजिएको उनले बताए । 

उनले कोषले स्पष्ट लगानी नीतिअनुसार लगानीको क्षेत्र, सीमा र प्रक्रिया तय गरिएको तथा जोखिम विश्लेषण गरेर मात्र लगानी गरिने उल्लेख गरे । 

कार्यकारी निर्देशक कार्कीले लगानीकर्ताको पैसाको सुरक्षा र प्रतिफल अर्थतन्त्र तथा समयसापेक्ष हुने उल्लेख गर्दै संकलन गरिएको रकमबाट प्राप्त प्रतिफलमा व्यवस्थापन शुल्क कटाएर बाँकी रकम लगानीकर्तालाई नै फिर्ता गरिने जानकारी दिए । कतिपय समयमा निश्चित प्रतिफलका साथै क्षमता अनुकूल अतिरिक्त लाभ समेत दिने गरिएको उनले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ३ : ४१ बजे

नेपालका जोखिमपूर्ण चार हिमताल : कुन तालको अवस्था के छ ?

नेपालको उच्च हिमाली भेग बाहिरबाट जति शान्त र रमणीय देखिन्छ,

हिमतालको जोखिमबाट जोगाउन ‘जिएलओएफ सञ्जिवनी परियोजना’ कार्यान्वयन गरिँदै

काठमाडौँ– हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट

‘भविष्यको आवश्यकता र ऐनको व्यवस्था मिलाउन पुँजी वृद्धिको प्रस्ताव गरिएको हो’

काठमाडौं– नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले भविष्यको

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

क्वालालम्पुर– युट्युबमा जुवा, ठगी तथा मानहानिकारक सामग्री हटाउन असफल भएको

दीपकराज गिरीको प्रश्न : सरकारलाई अन्धसमर्थन गर्ने कि अन्धविरोध मात्रै ?

काठमाडौं– सरकारको हरेक काममा समर्थन वा विरोध गर्नैपर्छ भन्ने सोचले