अर्घाखाँचीमा बाली जोगाउन भोटे कुकुर वितरण « Khabarhub

अर्घाखाँचीमा बाली जोगाउन भोटे कुकुर वितरण


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– पाणिनी गाउँपालिका  पोखराथोकमा वन्यजन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ । 

पाणिनी गाउँपालिका वडा नं २ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए। बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी किसानका मागका आधारमा भोटे कुकुर वितरण गरिएको जनाइएको छ ।  

बाँदरका कारण बाली जोगाउन मुस्किल भएका तथा वन्यजन्तुबाट हैरानी खपेका किसान पनि भोटे कुकुर पाएपछि खुशी भएका छन् । 

पोखराथोकका किसान भाष्करराज पौडेलले भने, ‘वन्यजन्तुबाट खेतीपाती तथा फलफूल जोगाउन मुस्किल छ । बाँदर तथा बन्यजन्तुबाट पाइरहेको हैरानी भोगेका हामीलाई भोटे कुकुर पाएपछि खुसी भएका छौँ ।’

किसानहरुको २५ प्रतिशत र वडा कार्यालयको ७५ प्रतिशत लागतमा ती कुकुर वितरण गरिएको हो । वडा अध्यक्षसहित गाउँपालिकाको कृषि तथा पशु शाखाका प्राविधिकहरू समेतले धादिङ भोटे कुकुर क्लव अफ नेपाल, पोखरा महानगर पालिकाको वडा नं २१ र माछापुच्छ्रे गाउँपालिकाबाट खरिद गरी ल्याइएका ती भोटे कुकुर आज किसानलाई एक कार्यक्रममार्फत वितरण गरिएको हो । 

सबै कुकुरको स्वास्थ्य प्रतिवेदन, डीएनए परीक्षण भइसकेको वडा अध्यक्ष पौडेलले जानकारी दिए। चालिसदेखि ६० दिनसम्मका कुकुरहरुको खरिद मूल्य प्रतिकुकुर रु ३५ हजार छ । 

बाँदर र बँदेल जस्ता वन्यजन्तुले सताउन थालेपछि अर्घाखाँचीसहित पहाडी जिल्लाका मानिसहरुको बढ्दो बसाइसराइ रोक्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त न्यौपानेले बताए । 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ५ : २० बजे

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ : प्रचण्ड

काँक्रेविहार– मङ्सिर नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका

शानदार कमब्याक गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

एजेन्सी– संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन

उपाधि उचाल्न सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सहज लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार

किरात समुदायले मनाए उँधौली साकेला पर्व

काठमाडौं– किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा शनिबार यहाँस्थित