हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल « Khabarhub

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरी अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् ।

गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदिमा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गर्नेक्रममा उनले आफू देशका ठूला हस्ती राजा विरेन्द्र देखी ज्ञानेन्द्र, गणेशमान देखि कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्ड सम्मलाई सामना गरेर आएको नेता भएकाले कमजोर नठान्न चेतावनी दिए ।

अध्यक्ष नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्व रहेकाले हल्का रुपमा नलिन सुझाव दिए । वर्तमान चार दलीय सत्ता गठबन्धनलाई लक्षित गर्दै उनले आफूहरू कसैको दास नभएको र कसैको इसारामा चल्ने व्यक्ति नभएको उल्लेख गरे ।

उनले भने, ‘हाम्रो आफ्नै स्वाभिमान र महत्व छ, त्यसैले यो कुरा बुझियो भने ठिक छ नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १० : १६ बजे

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

सेउटा, स्पेन– गत साता स्पेनको सेउटा क्षेत्रमा आप्रवासीहरूको ठूलो भीडलाई

शेरधनले इन्द्रलाई भने, ‘हिक्मतलाई निरन्तरता दिएर काम छैन, अब अर्को ल्याउने हो’

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राई र कोशी प्रदेशका नेकपा

सामान्य बन्दै गोलबजारको जनजीवन, कर्फ्यु हट्यो (तस्बिरहरू)

जनकपुरधाम– सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाइएको छ ।

अर्थतन्त्रको विकास र विस्तार गर्न सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र