कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु « Khabarhub

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा नदी कटान नियन्त्रण तथा रोकथाम गर्न १७ करोड ६ लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

गौरीगङ्गा नगरपालिकास्थित कटैनी नदीमा दुई सय ८०, गौरीगङ्गा दुई सय ३०, शिवगङ्गा एक सय ६५ र कैलालीको घुराहा नदीमा एक सय ५० गरी आठ सय २५ मिटर तटबन्धका लागि तीन करोडको ठेक्का सम्झौता भएको छ ।

बर्दगोरिगा गाउँपालिकाको काँडानदीमा तटबन्ध निर्माणका लागि पाँच करोडको ठेक्का सम्झौता भई धमाधम काम भइरहेको डिभिजन प्रमुख अमरबहादुर पालले बताए ।

कान्द्रा नदीमा तटबन्ध निर्माणका लागि नौ करोडको ठेक्का सम्झौता भई काम सुरु भएको छ । घोडाघोडी नगरपालिका–१० कठैया, ११ मग्रहवा र १२ को अम्बारीमा एक किलो १६ मिटर तटबन्ध निर्माणको काम सुरु भएको डिभिजन प्रमुख पालले बताए ।

यसैगरी मोहन्याल गाउँपालिका–४ खिमडीस्थित ठूलीगाडमा सात सय ५६ मिटर तटबन्ध निर्माणका लागि चार करोडमा ठेक्का सम्झौता भएको छ ।

डिभिजन कार्यालयका प्रमुख पालले नौ महिना भित्र तटबन्धको काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बताए । 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १० : ३४ बजे

निर्धारित मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री अर्याल

गण्डकी– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा

केपी ओलीले महासचिवमा शंकरलाई नै निरन्तरता दिने, अरू नेता असन्तुष्ट

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली

गाउँ पसेर जङ्गली हात्तीको उपद्रो

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर

प्रदीपले स्वीकारेनन् शंकरलाई महासचिव, कुनै पदमा उम्मेदवारी नदिने भन्दै गुण्डुबाट बाहिरिए

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा गम्भीर विवाद

‘धुरन्धर’ स्टार अर्जुन रामपालले प्रेमिका गेब्रिएलासँग इन्गेजमेन्ट गरेको खुलासा

काठमाडौं – बलिउड अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गोप्य