‘धुरन्धर’ स्टार अर्जुन रामपालले प्रेमिका गेब्रिएलासँग इन्गेजमेन्ट गरेको खुलासा « Khabarhub

‘धुरन्धर’ स्टार अर्जुन रामपालले प्रेमिका गेब्रिएलासँग इन्गेजमेन्ट गरेको खुलासा


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गोप्य रूपमा इन्गेजमेन्ट गरेको खुलासा गरेका छन् । हालै एउटा पोडकास्टमा सँगै देखिएका रामपाल र गेब्रिएलाले आफ्नो सम्बन्धबारे खुलेर कुरा गरेका छन् । गेब्रिएलाले उनीको चाँडै विवाह हुनसक्ने संकेत दिएकी थिइन् भने त्यसक्रममा रामपालले आफू इन्गेजमेन्ट गरिसकेको स्पष्ट परेका छन् ।

अर्जुन रामपालले यसअघि सन् १९९८ मा मोडेल मेहर जेसियासँग विवाह गरेका थिए । जसबाट उनका दुई छोरी महिका र मायरा छन्। करिब २० वर्षपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो ।

त्यसपछि सन् २०१९ मा रामपालले गेब्रिएलासँगको सम्बन्ध सार्वजनिक गरेका थिए। गेब्रिएलाले जुलाई २०१९ मा छोरा एरिक र सन् २०२३ मा दोस्रो छोरा एरिवलाई जन्म दिएकी छन्। करिब छ वर्षको सम्बन्धपछि यो जोडी चाँडै विवाहको तयारीमा रहेको बताइएको छ ।

रामपाल हाल फिल्म ‘धुरन्धर’ का कारण चर्चामा छन्। फिल्ममा उनले मेजर इकबालको नकारात्मक भूमिका निभाएका छन्, जसलाई दर्शक र समीक्षकबाट प्रशंसा मिलिरहेको छ। ‘धुरन्धर’ ले प्रदर्शनको नौ दिनमै तीन सय करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ११ : १७ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय