बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने « Khabarhub

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ कम्प्लेक्समा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ ।

श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश र बनेपा नगरपालिकाबीच शुक्रबार उक्त भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने सम्झौता भएको हो ।

त्यस अवसरमा श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सेवाग्राहीको सहजताका निम्ति  बनेपामा कार्यालय स्थापना गर्ने निर्णय भएको बताए ।

‘अब यहाँ स्थापना हुने कार्यालयले काभ्रेका मात्र नभएर  सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका सेवाग्राहीलाई सहज हुनेछ,’ उनले भने । आगामी एक महिनाभित्रमा उक्त भवनबाट सेवा सञ्चालन हुने उनले जानकारी दिए ।

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले कार्यालय स्थापना भएपछि यातायातका साधनको चाप बढेको बनेपा र आसपासका स्थानबाट काठमाडौँ जानुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।

उनले काठमाडौँ प्रदेशद्वारको रुपमा परिचित बनेपामा यातायात कार्यालय स्थापना हुनु सेवाग्राहीका निम्ति खुसीको कुरा भएको बताए ।

मन्त्रालय र नगरपालिकाबीच भएको सम्झौताअनुसार सपिङ कम्प्लेक्सको दुई तला नगरपालिकाले १० वर्षसम्म निःशुल्क उपलब्ध गराउनेछ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १० : ४४ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय