एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु « Khabarhub

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा परिषद्को बैठक सुरु भएको पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

उनले परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने बताइन् । शाक्यले भनिन, ‘सबै गर्दा २५ सय नै पुग्नुहुन्छ । चितवन महाधिवेशनपछि पहिलो पटक परिषद् बैठक भएकाले सबैको उत्साह छ ।’

परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको शाक्यको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री तथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई अतिथिको रुममा आमन्त्रण गरिएको छ । प्रचण्ड र देउवाले विशेष वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।

यस्तै, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ११ : ५६ बजे

भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै नुवाकोट जाँदै

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको