कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न  « Khabarhub

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका बिर्घा स्याङ्जाको संयुक्त आयोजनामा भिटामिन ‘डी’ खोप सहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

समृद्ध गाउँपालिका, सुखी नागरिक र स्वस्थ नागरिक भन्ने मूल नाराका साथ कालीगण्डकी गाउँपालिका बिर्घा स्याङ्जा र गाउँसेवा परिवार बिर्घा स्याङ्जाको संयुक्त आयोजना र वडा नं ३ को संयोजनमा भवानी मावि वैघामा वैशाख ५ गते भिटामिन ‘डी’को कमीबाट हुने समस्याको उपचारमा सहयोग पुग्ने भिटामिन ‘डी’ को इन्जेक्सन , स्त्री तथा प्रसुतीरोग सम्बन्धी उपचार , हाडजोर्नी तथा छाला रोगको उपचार र मुटुरोग तथा जनरल मेडिसिन सेवा दिइएको थियो ।

  भवानी मावि वैघामा बैशाख ५ गते सम्पन्न शिविरमा ६०० जनाले भिटामिन ‘डी’ को इन्जेक्सन र ३३७ जनाले  भिटामिन डी को सुई सँगसँगै अन्य स्वास्थ्य सेवा लिएका थिए ।

कुल एक हजार भिटामिन ‘डी’ को सुईको मात्रा लगाइने लक्ष्य रहेकोमा बाँकी रहेका भिटामिन म् को सुई लगाउने क्रमलाई निरन्तरता दिइएको स्वास्थ्य शाखा प्रमुख एक बहादुर थापाले जानकारी गराएका छन् ।

यसैबिच गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका बिर्घा स्याङ्जाको प्राविधिक सहयोगमा सञ्चालित भिटामिन ‘डि’ तथा प्रजनन रुग्णता सम्बन्धी एक दिने अभिभुखिकरण कार्यक्रम समेत गाउँपालिकाको सभाहलमा २०८१ वैशाख २ गते सम्पन्न भएको थियो।  

अभिमुखीकरण कार्यक्रममा पालिकाका जनप्रतिनिधि र कर्मचारी रहेका थिए । भिटामिन ‘डी’ को सुई लगाइने शिविर पालिकास्तरमा देशमै पहिलो अभ्यास भएको पालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिम बहादुर थापा तथा गाउँसेवा परिवारका अध्यक्ष एवं बरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डाक्टर धन बहादुर राना मगर, गाउँसेवा परिवारका महासचिव राजेन्द्र पाण्डेले मन्तव्यका क्रममा बताएका थिए ।

साथै गाउँपालिकाको आयोजना र गाउँसेवा परिवारको  प्राविधिक सहयोगमा वैशाख ३ गते कालीगण्डकी अस्पताल मिर्मीमा महिलाहरूको प्रजनन रुग्णता  पाठेघरको मुखको क्यान्सर (भीआइए) पाठेघर र महिनावारी सम्बन्धी समस्या तथा स्तन सम्बन्धी सेल्फ एक्जामिनेसन सेवा दिने शिविर सम्पन्न भएको थियो ।

आ.व. २०८०-८१ को स्वास्थ्य तर्फको कार्यक्रम अनुसार स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष खिम बहादुर थापा र स्वास्थ्य शाखा प्रमुख एक बहादुर थापाले जानकारी गराएका थिए ।

जनताको स्वास्थ्य बिना भौतिक तथा अन्य विकास अधुरो रहने हुँदा गाउँपालिकाले आफ्नै लगानीमा कालीगण्डकी अस्पताल संचालन सँगसँगै पालिकाबासी जनताको निशुल्क स्वास्थ्य बिमा गरिएको अध्यक्ष थापाले जानकारी गराएका थिए ।

उपाध्यक्षसँग पोसिलो झोला र गर्भवती महिलाका लागि क्याल्सियम चक्की वितरण गरिएको स्मरण गर्दै सिंगो  पालिकाबासीको स्वास्थ्य गाउँपालिकाको प्रमुख योजना रहेको उपप्रमुख साबित्रा कोइरालाले जानकारी गराए ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १२ : ३२ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या