कालीगण्डकीमा भिटामिन 'डी' को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न  | Khabarhub Khabarhub

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका बिर्घा स्याङ्जाको संयुक्त आयोजनामा भिटामिन ‘डी’ खोप सहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

समृद्ध गाउँपालिका, सुखी नागरिक र स्वस्थ नागरिक भन्ने मूल नाराका साथ कालीगण्डकी गाउँपालिका बिर्घा स्याङ्जा र गाउँसेवा परिवार बिर्घा स्याङ्जाको संयुक्त आयोजना र वडा नं ३ को संयोजनमा भवानी मावि वैघामा वैशाख ५ गते भिटामिन ‘डी’को कमीबाट हुने समस्याको उपचारमा सहयोग पुग्ने भिटामिन ‘डी’ को इन्जेक्सन , स्त्री तथा प्रसुतीरोग सम्बन्धी उपचार , हाडजोर्नी तथा छाला रोगको उपचार र मुटुरोग तथा जनरल मेडिसिन सेवा दिइएको थियो ।

  भवानी मावि वैघामा बैशाख ५ गते सम्पन्न शिविरमा ६०० जनाले भिटामिन ‘डी’ को इन्जेक्सन र ३३७ जनाले  भिटामिन डी को सुई सँगसँगै अन्य स्वास्थ्य सेवा लिएका थिए ।

कुल एक हजार भिटामिन ‘डी’ को सुईको मात्रा लगाइने लक्ष्य रहेकोमा बाँकी रहेका भिटामिन म् को सुई लगाउने क्रमलाई निरन्तरता दिइएको स्वास्थ्य शाखा प्रमुख एक बहादुर थापाले जानकारी गराएका छन् ।

यसैबिच गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका बिर्घा स्याङ्जाको प्राविधिक सहयोगमा सञ्चालित भिटामिन ‘डि’ तथा प्रजनन रुग्णता सम्बन्धी एक दिने अभिभुखिकरण कार्यक्रम समेत गाउँपालिकाको सभाहलमा २०८१ वैशाख २ गते सम्पन्न भएको थियो।  

अभिमुखीकरण कार्यक्रममा पालिकाका जनप्रतिनिधि र कर्मचारी रहेका थिए । भिटामिन ‘डी’ को सुई लगाइने शिविर पालिकास्तरमा देशमै पहिलो अभ्यास भएको पालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिम बहादुर थापा तथा गाउँसेवा परिवारका अध्यक्ष एवं बरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डाक्टर धन बहादुर राना मगर, गाउँसेवा परिवारका महासचिव राजेन्द्र पाण्डेले मन्तव्यका क्रममा बताएका थिए ।

साथै गाउँपालिकाको आयोजना र गाउँसेवा परिवारको  प्राविधिक सहयोगमा वैशाख ३ गते कालीगण्डकी अस्पताल मिर्मीमा महिलाहरूको प्रजनन रुग्णता  पाठेघरको मुखको क्यान्सर (भीआइए) पाठेघर र महिनावारी सम्बन्धी समस्या तथा स्तन सम्बन्धी सेल्फ एक्जामिनेसन सेवा दिने शिविर सम्पन्न भएको थियो ।

आ.व. २०८०-८१ को स्वास्थ्य तर्फको कार्यक्रम अनुसार स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष खिम बहादुर थापा र स्वास्थ्य शाखा प्रमुख एक बहादुर थापाले जानकारी गराएका थिए ।

जनताको स्वास्थ्य बिना भौतिक तथा अन्य विकास अधुरो रहने हुँदा गाउँपालिकाले आफ्नै लगानीमा कालीगण्डकी अस्पताल संचालन सँगसँगै पालिकाबासी जनताको निशुल्क स्वास्थ्य बिमा गरिएको अध्यक्ष थापाले जानकारी गराएका थिए ।

उपाध्यक्षसँग पोसिलो झोला र गर्भवती महिलाका लागि क्याल्सियम चक्की वितरण गरिएको स्मरण गर्दै सिंगो  पालिकाबासीको स्वास्थ्य गाउँपालिकाको प्रमुख योजना रहेको उपप्रमुख साबित्रा कोइरालाले जानकारी गराए ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १२ : ३२ बजे

प्रधानमन्त्री भन्छन् : युवाहरूले घमण्ड त्याग्नुपर्छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय

विपिनलाई खोज्न इजरायल पुगे आमा र बहिनी

काठमाडौं – हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग

गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू)

काठमाडौं – सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।