अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई « Khabarhub

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय उसु खेलाडी टोली भोलि त्यसतर्फ प्रस्थान गर्दैछ । अन्तर्राष्ट्रिय उसु महासंघले गरेको खेलमा नेपालले विभिन्न विधामा सक्रिय सहभागिता जनाउने भएको छ । सहभागी हुने टोलीको नेतृत्व नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले गर्ने छन । 

यसपटकको अन्तर्राष्ट्रिय खेलमा उसु याउलु विधामा अन्तर्राष्ट्रिय खेलाडीहरू विजय सिंजाली, दीपक हमाल, पासाङ शेर्पा, राजीव तामाङ, निमा घर्तीमगर र सावेत राईको परीक्षण हुनेछ । उसु सासौ विधामा किरणसिंह सावद ९० केजी, संजीव महर्जन ८० केजी, समन धुस्री ६० केजी, अमर सुनार ६५ केजी र रोहित चुनारो ५६ केजीमा प्रतिस्पर्धा गर्ने छन् । 

यसैगरी महिलातर्फ विधा गुरुङ ५६ केजी, नविना विक ५२ केजी र लुमनित श्रेष्ठले ६५ केजीमा खेल खेल्ने छन् । प्रशिक्षकको भूमिकामा निकेश श्रेष्ठ, जुनी राई, करुणा महर्जन, बोर्ड सदस्य साम्देन शेर्पा, मन्जुर महर्जन रहने छन् । यस प्रतियोगितामा छनोट हुने खेलाडीले अक्टोबर र नोभेम्बरमा जापान–अस्ट्रेलियामा आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने अवसर पाउने महासंघका अध्यक्ष बीरबहादुर तामाङले जानकारी दिए । 

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जान लागेका खेलाडीहरूलाई बिदाई गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री जीवनराम श्रेष्ठले नेपाली खेलाडीको प्रदर्शन उच्चकोटीको हुने विश्वास व्यक्त गरे । 

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपालकै खेलकुद इतिहासमा नेपालको प्रदर्शन उत्साहजनक हुने विश्वास जनाए । 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  २ : ४१ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम