चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग | Khabarhub Khabarhub

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।

शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारवाही सिफारिस गरेकालाई कारवाही गर्न र यसअघि आफूसँग भएका माग पुरा गर्न माग गरेका हुन् । उनले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको अल्टिमेटम समेत दिएका छन् ।

प्रतिवेदन सार्वजनिक भैसकेको अवस्थामा त्यसका सुझावअनुसार तुरुन्त दोषीहरू उपर कारवाही गर्नुपर्ने, विश्वविद्यालयलाई राजनीतिक भागबन्डामुक्त गर्नुपर्ने माग उनले गरेका छन्  ।

अहिले नेपालमा राजनीतिको चरम भ्रस्टीकरण, अपराधीकरण, माफियाकरण र दलालीकरण भन्दै उनले भ्रष्टाचार गर्ने नेता कार्यकर्तालाई कारवाही गर्नुपर्ने बताए ।

प्रत्येक प्रदेशमा कम्तिमा एउटा साथै इलाम, उदयपुर र डडेल्धुरामा एक एक वटा मेडिकल कलेज तथा प्रतिष्ठान निर्माण गरेर संचालनमा ल्याउने सहमति पनि कार्यान्वयन नभएको उनको भनाइ छ । 

हाल सत्ताको नेतृत्व गरेकाले आफ्नो दण्डहीनताका लागि सिंगो सङ्क्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको उनले आरोप लगाए ।

उनले तीन हप्ता भित्र नागरिक अधिकार, सशस्त्र द्वन्द्व कालका पीडितलाई न्याय र पीडकलाई सजाय, कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई कारवाही तथा सबै नेपालीलाई निशुल्क उपचार सम्बन्धी मागहरू पुरा गर्नुपर्ने भन्दै यसलाई सरकारले गम्भीरतापूर्वक नलिए सत्याग्रह लगायतका सशक्त दबाबमूलक कार्यक्रम शुरु गर्न वाध्य हुने चेतावनी दिए।

उनले रुसले युद्धका लागि लगेका सबै नेपालीहरूलाई फिर्ता बोलाउन र थप जान रोक लगाउने व्यवस्था तत्काल गर्न पनि माग गरेका छन् । 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ४ : १० बजे

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती – बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी

एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको विशेष जिल्ला

यस्तो छ रजनीकान्तको फिल्म ‘कुली’मा आमिर खानको लुक्स

काठमाडौं – दक्षिण भारतीय नायक रजनीकान्तको फिल्म ’कुली’मा बलिउड नायक

कांग्रेस बैठकमा नेताहरूलाई सुझाव- कार्यकार्ता असन्तुष्ट छन्, कार्यशैली सुधार्नुस्

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा