थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु « Khabarhub

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्र नजिकै पुनः झडपहरू सुरु भएको एक सशस्त्र समूहका प्रवक्ता र थाई सेनाले शनिबार बताएका छन् । 

सन् २०२१ मा सेनाले लोकतान्त्रिकरूपमा निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यान्मा द्वन्द्वको चपेटामा परेको छ । यसै महिनाको प्रारम्भमा म्यान्माको व्यापारिक केन्द्र म्यावाडी वरपर भीषण लडाइँ सुरु भएको थियो र सेना सहरमा आफ्नो स्थितिबाट पछि हट्न बाध्य भएको थियो । 

गत साता यस क्षेत्र अधिकांश शान्त रहेको थियो र स्थानीय बासिन्दाले कुनै लडाइँ नभएको बताएका थिए । यद्यपि एउटा क्षेत्रीय गुटले शुक्रबार जारी स्थितिमाथि ‘गहिरो चिन्ता’ व्यक्त गरेको थियो । 

जुन्ताविरोधी करेन नेसनल युनियन (केएनयु) का अनुसार पहिलेका झडपहरूमा केही सैनिकले म्याडवाड्डीलाई थाई सहर माई सोटसँग जोड्ने एउटा पुलमुनि शरण लिएका थिए । केएनयुका प्रवक्ता पडोह साव ताव नीले म्यावाडीमा समूहले जुन्ताविरुद्ध लडिरहेको पुष्टि गरे। यद्यपि उनले थप विवरण दिएनन् । 

शनिबार बिहान सीमामा तैनाथ थाई सेनाको एउटा एकाइले पुलमुनि जुन्ता सैनिकलाई निशाना बनाउने बलहरूसँग झडप भइरहेको बताएको छ । 

दोस्रो मैत्रीपूर्ण पुलमुनि सशस्त्र बलहरूले सैनिकहरूविरुद्ध ‘ड्रोन’ तैनाथ गरेको राजम्नु स्पेसल टास्क फोर्सले बताएको छ । नगदको अभावमा रहेको म्यान्माको सेनाका लागि म्यावाडी प्रमुख व्याापरिक विन्दु हो । थाई टास्क फोर्सले पुल बन्द भएको पुष्टि गर्दै त्यहाँ आफ्ना सैनिक उभिएको बताएको छ । 

थाई विदेशमन्त्री पर्नप्री बहिधा–नुकाराले ट्विट गर्दै शुक्रबार राति भएको झडपको रिपोर्टपछि स्थितिलाई नजिकबाट नियालिरहेको बताए । 

व्यापारिक सहर म्यावाडीका पोस्टहरूबाट सैनिकहरूलाई हटाउने निर्णय जुन्ताका लागि ठूलो झट्का थियो । यसबाट हालका महिनामा जुन्ताले धेरै घाटा बेहोर्नुपरेको छ । जुन्ताका लागि म्यावाडी विशेष महत्त्वपूर्ण छ । यहाँबाट अप्रिलसम्मको १२ महिनामा एक अर्ब १० करोड डलरभन्दा बढीको व्यापार भएको थियो ।

म्यावाडीका एक ट्रक चालकले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा आफूले झडपहरूको आवाज सुनेको बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ४ : २२ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ