भोजपुर गोल्डकपको तयारी पूरा « Khabarhub

भोजपुर गोल्डकपको तयारी पूरा


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । 

भोलि आइतबारदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टोलीको सहभागिता रहने आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने छ । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्टस् क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ गरी आठ टोलीको सहभागिता रहने छ । 

प्रतियोगिता सञ्चालनका लागि ४९ लाख २५ हजार पाँच सय लागत अनुमान गरिएको छ । भोजपुर नगरपालिकाले रु ३० लाख विनियोजन गरेको छ । बाँकी रकम प्रायोजकहरुबाट जुटाइने छ । हालसम्म रु १० लाख रकम जुटेको आयोजकको भनाइ छ । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित  क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउनेछन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकले पुरस्कार पाउनेछन् ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुन लागेको प्रतियोगिताको सहप्रायोजक राष्ट्रिय वाणिज्य बैंक र प्रायोजकमा साल्ट ट्रेडिङ कर्पोरेसन, शिवम फुटवेयर्स प्रालि, साङ्ग्रिला चप्पल, युडी विल्डर्स भोजपुर र तेज कन्ट्रक्सन काभ्रे र संयुक्त बस व्यवसायी भोजपुर रहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : २९ बजे

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास

बाढीको छ दिनपछि पनि त्रिशूली बजारमा उस्तै छ विनाशको पीडा (तस्बिरहरू)

नुवाकोट- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको छ दिनपछि पनि